सामाजिक सुरक्षा भत्ता बुझ्न जानेका लागि यातायात सुविधा

Bijay Rawat
Read Time = 2 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर-१ ले सामाजिक सुरक्षाभत्ता वुझ्नजाने सेवाग्राहीलाई यातायात सुविधा दिन थालेको छ ।

सो वडाबाट सामाजिक सुरक्षा भत्ता लिन वैंकमा आउन करिब एक दिनलाग्ने र हिडेर कठिन हुने भएकाले वडा कार्यालयले सवैलाई बैंकमा जान यातायात सुविधासहित सामाजिक सुरक्षाभत्ता बुझ्न र घर आउन सहजका लागी यतायाता सेवा दिन थालेको वडाध्यक्ष रतनबहादुर शाहीले जानकारी दिनुभयो ।

वडाका ४५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरि सेवा दिईएको छ । वडा अध्यक्ष शाहीले भन्नुभयो,“वालवालिका २६१ जना, ज्येष्ठ नागरिक १७३ जना, एकल महिला १८ जना र अपाङ्गता भएका व्यक्ति ४ जनालाई गाडि रिजर्व गरेर सेवा प्रदान गरिएको छ । ” त्रैमासिक रुपमा वैंकले दिएको दिनमा अव वडापालिकाले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकलाई यातायात सेवा निरन्तर दिईने वडा कार्यालयले जनाएको छ ।

भौगोलिक रुपमा गाउँपालिका र बैंक टाढा भएकाले वडा कार्यालयले बस चढाएर बैंक पुर्‍याएपछि ज्येष्ठ नागरिकसहितका सेवाग्राहीहरुमा खुशी छाएको छ । उनिहरुले हिडेर जान नसकिने, साधन पनि पाउन कठिन हुने भएकोले समयमै वडाकार्यालयले राम्रो काम गरेको सो वडाका ज्येष्ठ नागरिकहरु बताउँछन् । उक्त वडाका ८३ बर्षिय धनबहादुर रोकायाले सामाजिक सुरक्षा भत्ता लिनका लागी बैंक धैरै टाढा भएकाेले जान र आउन कठिन हुने गरेको भन्दै यो पटक वडा सरकारले बस सुविधा दिएकाेले सजिलो भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?