एलजीको चाडपर्व अफर

Read Time = 2 mins

काठमाडौं । एलजी ब्रान्डले दशैँतिहार २०७९ लाई लक्षित गर्दै नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत एलजीका लागि नेपालस्थित अधिकृत बिक्रेता सिजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामान र होम इन्टरटेनमेन्ट खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गर्ने भएको छ ।

योजनाअन्तर्गत एलजी टिभी, साउन्ड बार र होम अडियो खरिदमा आकर्षक नगद छुट पाइनेछ । ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटर खरिदमा इलेक्ट्रिक कुकर वा ओभन, डबल डोर रेफ्रिजेरेटर खरिदमा ग्याँस स्टोभ वा हृयान्ड ब्लेन्डर र सिङ्गल डोर रेफ्रिजेरेटर खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने बताइएको छ । एलजी डिसवासर खरिदमा डिसवासर किटका साथै माइक्रोवेभ ओभन खरिदमा फ्री खाना पकाउने किट र भ्याकुम क्लिनर खरिदमा आकर्षक नगद छुट प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

त्यस्तै वासिङ मेसिन फ्रन्ट लोड (नौ केजीमाथि वासर ड्रायर) खरिदमा इन्डक्सन कुकर वा फ्यान हिटर, वासिङ मेसिन फ्रन्ट लोड (आठ केजीसम्म) खरिदमा छ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मेसिन टपलोड खरिदमा फ्री ड्राइ आइरन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?