अफगानिस्तान विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छ : हिबतुल्लाह

Read Time = 2 mins

काबुल । अफगानिस्तानको तालिवान सरकारका नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक सम्बन्ध र सकारात्मक सम्बन्धका लागि आहृवान गर्नुभएको छ । ‘अफगानिस्तानले इस्लामी सिद्धान्तको ढाँचाभित्र पारस्परिक लाभमा आधारित छिमेकी राष्ट्रहरू, इस्लामी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक संलग्नता र सकारात्मक सम्बन्ध चाहेको छ’, हिबतुल्लाहले इद अल-फित्रको पूर्वसन्ध्यामा मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको अवसरमा आफ्नो सन्देशमा भन्नुभयो ।

प्रशासनका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले आफ्नो ट्वीटर अकाउन्टमा पोष्ट गरेको सन्देशमा तालिवान नेताको सन्देशमा भनिएको छ, ‘अफगानिस्तान कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन र अरूबाट पनि त्यस्तै अपेक्षा गर्दछ ।’

हिबतुल्लाहले शिक्षा क्षेत्रमा सरकारले शिक्षाको थप विकासका लागि योजना बनाइरहेको बताउनुभयो । आफ्नो प्रशासनले हासिल गरेका उपलब्धिको गणना गर्दै उहाँले तालिवान सरकारले अफगानिस्तानमा युद्ध अन्त्य गरेको, शान्ति कायम गरेको, अफिम खेती, लागूऔषध प्रशोधन र त्यसको ओसारपसारमा प्रतिबन्ध लगाएको, हजारौं लागूऔषध दुव्र्यसनी र भिखारीलाई पक्राउ गरेको, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको, नातावादको अन्त्य गरेको र सरकारी कर्मचारी भर्नामा योग्यतालाई बढावा दिएको बताउनुभयो । उहाँले न्याय सुनिश्चित गर्न, अर्थतन्त्रको विकास गर्न र अफगानिस्तानमा शान्ति र सुरक्षालाई थप स्थिर बनाउन पनि आहृवान गनुभयो । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?