प्रदीप गिरी विजयी भएको सिरहा १ बाट प्रतिनिधिसभा सदस्य उठ्ने सरिता गिरीको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी सरिता गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिरहा १ बाट चुनाव लड्ने घोषणा गर्नुभएकाे छ । नेतृ गिरीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् चुनाव लड्ने घोषणा गर्नुभएकाे हाे । उहाँले चुनावमा सहयोगका लागि सबैसँग आग्रह पनि गर्नुभएकाे छ ।

लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरी स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै हुनुहुन्छ भन्ने खुलेको छैन । बुधबार उहाँले दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताउनुभएकाे थियाे । सरिता प्रदीप गिरीकी भाइबुहारी हुनुहुन्छ । उहाँ दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गर्नुभएकाे थियाे ।

‘म सिरहाको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उहाँले लेख्नुभएकाे छ ।

सिरहा १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी हुनुभएकाे थियाे । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आउनुभएकाे थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?