कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै,राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे केन्द्रिय कार्यालयमा बस्न लागेको हो ।

उक्त बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधवार भएको भेटघाट पछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारणीको बैठकवाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।

तर, नाम भने बैठकवाट सार्वजनिक नगरिए पनि बरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?