किसानका बगैंचामै पुगेर स्याउका विरुवा काँटछाँट गर्न सिकाउँदै कृषि प्राविधिक

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगंैचमा पुगेर विरुवा काँटछाँट सम्बन्धी सीप सिकाउन लागी परेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँट सम्बन्धि घुम्ती तालिम दिएर किसानलाई विरुवा काँटछाँट बारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक दलविर वडले जानकारी दिनुभयो ।

यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा विरुवा काँटछाँटमा समस्या हुने गरेको थियो ।

कृषि प्राविधिक वडले भन्नुभयो,“किसानको वगंंैचामा पुगेर विरुवा व्यवस्थापनको प्रविधिक ज्ञान समेत सिकाएका छौ । पालिको कृषि शाखा यहाँका किसानको समस्यलाई हल गर्ने यो कार्यक्रम लागु गरेको हो । छ वटै वडाका १५४ जना किसानलाई सो तालिम दिएर पठाएको कृषि प्राविधिक वडले बताउनुभयो । ”

पालिकाभित्रका स्याउ बिरुवा भएका किसानलाई काँटछाँट गर्दा बाहिरबाट ल्याउने समस्यालाई अन्त्य गर्नेका लागि कृषि शाखा र गाउँपालिकाको सहकार्यमा विभिन्न सीपमुलक तालिम दिएर यहाँका किसानलाई आत्मनिर्भर बनाइने कृषि प्राविधिक वडको भनाइ छ ।

कृषि शाखाको बार्षिक स्वीकृत बित्तीय सामान्यीकरण तर्फको बजेटबाट पालिका सबै वडामा स्याउ विरुवा काँटछाँट सम्बन्धी घुम्ती तालिम दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । स्याउ बगैंचा भएका किसान समूह, सहकारीबाट छानिएर आएका व्यक्तिलाई सो तालिम दिएको छ । स्याउ काँटछाँट गर्ने किसानका बगैंचामा उनीहरुलाई पठाइने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

स्याउ विरुवा नभएको व्यक्तिले पनि तालिमबाट सीप सिकेर आफ्नो वडा र पालिकाभित्र स्याउका बिरुवा काँटछाँट गर्न सक्ने उद्देश्यले तालिम लिएको स्थानीयवासि मुनबहादुर बुढाको भनाइ छ । तालिमबाट सिकेको ज्ञान व्यबहारमा लागु गरिने सिंजा– १ स्थानीयवासि पार्वती आचार्यले बताउनुभयो । सिपसंगै तालिममा सहभागी भएका किसानलाई स्याउ काटँछाँटमा प्रयोग हुने आरी, सिकेचर र अन्य सामग्री दिएको सिंजा गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । यो याममा यहाँका किसानलाई स्याउ बगंैचा काँटछाँटमा भ्याइनभ्याइ भएको किसान बताउँछन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhanraj Rawat
Dhanraj Rawat
2023-01-23 9:24 pm

Good news

रिलेटेड न्युज

छुटाउनुभयो कि ?