सुनचाँदी व्यवसायीद्वारा शान्तिसुरक्षा माग

Read Time = 2 mins

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका प्रवक्ता मनोजकुमार साहको जनकपुर-६ स्थित घरमा गत सोमबार बिहान अज्ञात सशस्त्र समूह प्रवेश गरी डकैती गरेपछि महासङ्घले शान्तिसुरक्षा माग गरेको हो ।

महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पेशा व्यवसायमा संलग्न व्यक्तिको घरमा यसरी डकैती हुनु अत्यन्त दुःखद घटना हो । यस्ता सांघातिक घटना यसअघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीमाथि हुँदै आएका छन् । यस्ता घटनाले आमसुनचाँदी व्यवसायीको आत्मबलसमेत कमजोर बनाएको छ ।’

मुलुकमा शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था मिलाई दोषीलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । डाकासँग प्रतिकार गर्न जानेक्रममा लडेर प्रवक्ता साहका बुबाको कम्मरको हड्डीसमेत भाँच्चिएको र हाल उहाँको ललितपुरस्थित बि एन्ड बि अस्पतालमा उपचार भइरहेको पनि महासङ्घले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?