युक्रेन नेटोमा सहभागी नभए पनि रुसी हमला रोकिन्नः मस्को

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । मस्कोले युक्रेनमा आफ्नो सैन्य अभियानलाई औपचारिक रूपमा नेटोमा सामेल हुने आकांक्षा त्यागे पनि मस्कोले रुसी हमला नरोक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले बताए । रुसको सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले फ्रान्सेली टेलिभिजनसँगको एक अन्तर्वार्तामा निश्चित शर्तमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्न सकिने बताए ।

फेब्रुवरी हमलाअघि नेटोको युक्रेनी सदस्यता आफूलाई मान्य नहुने मस्कोले जनाएको थियो । ‘उत्तर एट्लान्टिक गठबन्धनमा आफ्नो सहभागिता त्याग्नु अत्यावश्यक छ, तर शान्ति स्थापना गर्न यो पहिले नै अपर्याप्त छ’, मेदभेदेवले भने ।

रुसले आफ्नो लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्ने उनले बताए । पुटिनले आफू युक्रेनलाई ‘डिनाजिफाइड’ गर्न चाहेको बताएका छन् । किभ र पश्चिमाहरूले यसलाई युद्धको लागि आधारहीन बहाना भनेका छन् ।

युक्रेनमाथि रुसी हमला गर्नुअघि मस्कोले किभलार्य नेटोको सदस्यता लिने पक्रिया रोक्न चेतावनी दिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?