नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० को लागि खेलाडी दर्ता खुला गरेको छ । क्यानले शनिबार सामाजिक सञ्जालमार्फता खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । क्यानले खेलाडी दर्ताका लागि चार मापदण्ड राखेको छ ।

दर्ताका लागि राष्ट्रिय खेलकुद, प्रधानमन्त्री कप, मेयर कपमा सहभागी भएको हुनुपर्ने र सन् २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्ने, नेपाली यु-१९ राष्ट्रिय टिममबाट अन्तर्राष्ट्रिय प्रतियोगिता र शृंखलामा प्रतिनिधित्व गरेको हुनुपर्ने, सन् २०१८ देखि सिनियर टिममा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई प्राथमिकतामा राखिने र सन् २०१८ यता विभिन्न फ्रेन्चाइज प्रतियोगिताहरुमा सहभागी खेलाडीहरुलाई प्राथमिकतामा राखिने क्यानले जनाएको छ ।

क्यानले खेलाडी दर्ताका लागि अगस्ट ३१ सम्मको समय दिएको छ । असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म चल्ने नेपाल टी-२० क्यानको आधिकारिक प्रतियोगिता हो । यसमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?