लिस्नु कप फुटबल १८ गतेदेखि

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । लिस्नु कप फुटबलको २० औं संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि रोकिएको लिस्नु कपबारे कोटिहवा माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख, दोस्रो हुनेलाई एक लाख ५० हजार र सेमिफाइनलमा पुगेका अन्य दुई समूहलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक नेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा रूपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु र स्याङ्जाको वालिङ गरी १६ समूहको सहभागिता रहने आयोजकले जनाएका छन् । १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई नगद र मेडलसहित पुरस्कृत गरिनेछ । स्थानीय श्रीमाया गुरुङले आफ्ना बुबा डिमबहादुर गुरुङको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?