काठमाडौं । चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पोस्टर सार्वजनिक गरिएको छ । भ्यानेटाइन डेको अवसर पारेर रामबाबु गुरुङ निर्देशित यो चलचित्रको रोमान्टिक पोष्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोष्टरमा दयाहाङ राई तथा आँचल शर्मालाई रुम्जाटार विमानस्थलको रनवेमा रोमान्टिक अन्दाजमा देख्न सकिन्छ । सेतो कुर्तामा रातो सलमा सजिनुभएकी आँचलले दयालाई प्रेमिल नजरले हेरिरहनुभएको छ भने दयाहाङ पनि उस्तै भावमा देखिनुभएको छ ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ । सिनेमाले ‘डिग्री माइला’को माध्यमबाट बेरोजगारीसँगै नेपाली समाजको चित्र पस्किनेछ । अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ ।
चलचित्रमा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । यो चलचित्र नयाँ वर्षमा सिनेमाघरमा आउने तयारीमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच