बझाङको जालेबगरमा सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

बझाङ । पहिरो खस्दा जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा सडक अवरुद्ध भएको छ ।

सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अन्य ठाउँमा भने स–साना पहिरो खसेको उहाँले बताउनुभयो । अहिले जेसीबीले सडक खुलाउने काम भइरहेको बताइएको छ ।

  • फाइल तस्बिर

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?