मंसिर ४ निर्वाचन : भोजपुर कांग्रेसमा उम्मेदवारका आकांक्षीहरु धैरै

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । आगामी मंसिर ४ गते हुन गई रहेको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनको लागि भोजपुरमा पनि पार्टीसँग टिकट माग्नेक्रम सुरु गरिएको छ ।

भोजपुरमा प्रदेशसभा तर्फ २ र प्रतिनिधीसभाका लागि १ निर्वाचन क्षेत्र कायम छ । जसका लागि अहिले आकांक्षीहरुले टिकटका लागि लबिङ सुरु गरेका हुन । नेपाली कांग्रेस भोजपुरमा पनि चुनावका लागि टिकट माग्ने र घोषणा गर्ने क्रम सुरु भएको छ । गठवन्धन दलका बिचमा पनि कुन क्षेत्र कसलाई भन्ने चर्चा चलि रहँदा नेपाली कांग्रेसमा प्रदेशसभाका लागि टिकटको लबिङ भई रहेको छ ।

कांग्रेस नेता हेमन्त राईले प्रदेश क्षेत्र नम्वर ‘क’ का लागि क्षेत्रिय सभापतिलाई निवेदन बुझाएका छन । उनी कांग्रेस महासमिति सदस्य हुनु हो । यस्तै पूर्व महाधिवेशन प्रतिनिधी दिनेशकुमार कार्कीले पनि प्रदेश क्षेत्र नम्वर ‘ख’ का दावी गर्नुभएको छ । उहाँले पनि टिकटका लागि निवेदन बुझाउनु भएको छ । कांग्रेसमा टिकटका लागि आकांक्षीहरु धैरै नै देखिएका छन् ।

प्रदेशसभा तर्फ पनि आकांक्षीहरु धैरै नै देखिएकाले सो बिषयमा पार्टीले पनि छलफल गरि रहेको जिल्ला सभापति बिनोद बान्तवाले बताउनु भयो । उहाँले भन्नुभयो, “आकांक्षीहरुका बिषयमा पार्टीले छलफल र बैठक गरी टुंगोमा पुर्याउने छ ।”

भोजपुरमा नेकपा (एमाले) र गठवन्धन दलका बिचमा मंसिर ४ मा प्रतिस्पर्धा हुने देखिएको छ । जसका लागि जिल्ला स्थित राजनीतिक दलहरु पनि आन्तरिक तयारीमा ब्यस्त देखिएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?