केन्याविरुद्धको सिरिज नेपाललाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले केन्याविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज ३-२ ले जितेको छ । मंगलबार भएको पाँचौ तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।

अन्तिम खेलमा जितको लागि १७६ रनको बलियो लक्ष्य दिएको नेपालले केन्यालाई निर्धारित २० ओभरमा ७ लिदै १४४ रनमा रोक्यो । केन्याका नेहेम्याह ओधियाम्बोले २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाउँनुभयो । यस्तै कप्तान शेम न्गोचे १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा अविजित रहनुभयो । नेल्सन ५ बलमा १ चौका र १ छक्कासहित १३ रनमा अविजित रहनुभयो ।

विकेटकिपर इफरान करिम २८ र कोलिन्स ओबुयाले २३ रन बनाउनुभयो । नेपालका सन्दीप लामिछाने र बसिर अहमदले समान दुई/दुई विकेट लिनुभयो । त्यसअघि नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । नेपालका ज्ञानेन्द्र मल्ल ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रन जोड्नुभयो । ज्ञानेन्द्रको यो करिअरको दोस्रो अर्धशतक हो ।

रोहित पौडेलले २५ बलमा ७ चौकासहित ४७ रन जोड्नुभयो । ओपनर अर्जुन साउद २१ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट हुनुभयो । पहिलो विकेटका लागि अर्जुन साउद र ज्ञानेन्द्र मल्लबीच ८ ओभरमा ६५ रनको साझेदारी भएको थियो ।

तेस्रो नम्बरमा आउनुभएको दीपेन्द्रसिंह ऐरी १७ बलमा ३ चौकासहित २२ रनमा आउट हुनुभयो । केन्याका स्पिनर विरज पटेल, शेम न्गोचे र नेहेम्याह ओधियाम्बो दुई दुई विकेट लिनुभयो । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो । अब तीन एकदिवसिय अभ्यास खेलको सिरिज हुनेछ । पहिलो खेल शुक्रबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?