नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेप गर्न लागेको हो ।

स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपण को लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।

स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।

शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?