साउथह्याम्टनसँग चेल्सी पराजित, बराबरीमा रोकियो एभर्टन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सी साउथह्याम्टनसँग हारेको छ ।

सोमबार राति भएको खेलमा चेल्सी साउथह्याम्टनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली साउथह्याम्टनलाई जित दिलाउनको लागि रोमियो लाभिया र एडम आर्मस्ट्रङले समान एक/एक गोल गरे । चेल्सीका रहिम स्टर्लिङले गरेको गोल सान्त्वना बन्यो ।

यो जितसँगै हाउथह्याम्टन पाँच खेलमा ७ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । चेल्सीको समान ७ अंक रहेपनि आठौं स्थानमा रहेको छ । हेड टु हेडमा चेल्सी पछि परेको हो ।

इंग्लिस प्रिमियर लिगको मंगलबार रातिकै खेलमा क्रिस्टल प्यालेसले भने घरेलु मैदानमा ब्रेन्डफर्डसँग १-१ को बराबरी खेलेको छ। त्यस्तै, इल्यान्ड रोडमा सम्पन्न भएको खेलमा घरेलु टिम लिड्स युनाइटेडले एभर्टनलाई १-१ को बराबरीमा रोकेको हो।

मंगलबार राति फुटहामले घरेलु मैदानमा ब्राइटोनलाई २-१ ले हराएको छ। यो जितसँगै फुलहाम छैटौं स्थानमा उक्लिएको छ भने एभर्टन तीन अंकका १५औं स्थानमा छ।

हारका बाबजुद चेल्सी आठौं स्थानमा छ भने चेल्सीलाई हराएको साउथह्याम्टन चेल्सीभन्दा एक स्थान अघि रहेको छ।

प्रिमियरलिग अन्तर्गत बुधबार राति म्यानचेस्टर सिटीले नटम फरेस्टसँग खेल्नेछ भने आर्सनलले एस्टन भिल्लासँग खेल्नेछ। त्यस्तै, टोटेनहमले वेस्टह्यामको मैदानमा घरेलु टिमसँग खेल्नेछ।

एनलिफल्ड मैदानमा लिभरपुलले भने न्युकासलको सामना गर्ने भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?