एमाले बैतडीले प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारहरुको टुङ्गो लगायो

Read Time = 3 mins

-डम्बर बोहरा
बैतडी । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि दामोदर भण्डारीलाई उम्मेदवार बनाउने सहमती भएको हो । भण्डारी वर्तमान प्रतिनिधी सभा सदस्य पनि हुनु हो ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष समेत रहनुभएको छ । गएको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका भण्डारीले ३९ हजार ५ सय २४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका नरबहादुर २८ हजार २ सय ९१ मत ल्याउनु भएको थियो । उहाँ दोश्रो संविधान सभाको निर्वाचनमा पनि विजयी हुनु भएको थियो ।

प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रदेशसभा लागि पनि उम्मेदवारको टुङ्गो लगाएको छ । क्षेत्र नं (क) बाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका नेता सुरेन्द्र पाल र क्षेत्र नं (ख)बाट लिलाधर भट्टलाई उम्मेदवार बनाउने सहमती भएको छ । लिलाधर भट्ट वर्तमान प्रदेश सभा सदस्य समेत हुनु हो । उहाँले २०७४ निर्वाचनमा २० हजार ३ सय ३७ मत प्राप्त गरेर विजयी हुनु भएको थियो । उहाँका प्रतिद्धन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश चन्दले १५ हजार २ सय ४७ मत ल्याउनु भएको थियो ।

तीनै जनाको नाम प्रदेश तथा केन्द्रमा सिफारिश गर्ने सहमती भएको नेकपा एमालेका जिल्ला कमिटि उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । सर्बसहमतीमा उम्मेदवारको नाम सिफारिस गरिएको हुनाले संघबाट उहाँहरुको नै नाम आउने उपसचिव भण्डारीले बताउनु भयो । बिहिबार साँझ बसेको बैठकबाट बैतडीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुको टुङ्गो लगाएको हो । एमालेले २२ गते भित्र जिल्ला र क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाउन निर्देशन दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?