जनताको पार्टी बन्ने हो भने माओवादी सच्चिनुपर्छ : प्रचण्ड

Read Time = 1 min

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र चर्को गुटबन्दीका कारण समस्या आएको बताउनु भएको छ ।

शुक्रबार सुर्खेतमा कर्णाली प्रदेशका १० जिल्लाबाट आएका पार्टी कार्यक्रतालाई सम्बोधन गर्दै उहाँले कर्णालीभन्दा अन्य प्रदेशमा बढी गुटबन्दी भएको भन्दै पार्टी निर्माणका लागि सबैले गुटगत मानसिकता त्याग्नुपर्ने बताउनु भयो ।

अन्य प्रदेशमा गुटका कारण बोलचालसमेत बन्द भएको भन्दै अध्यक्ष प्रचण्डले माओवादी अब साँच्चिकै जनताको पार्टी बन्ने हो भने सच्चिनुपर्ने बताउनु भयो ।

स्वार्थ समूह र गुटबन्दी नत्यागेसम्म पार्टी निर्माण गर्न नसकिने उहाँको भनाइ छ । उम्मेदवार छनोट गर्दा जनजाति, दलित र पछाडि पारिएका समुदायको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?