म्याग्दीमा एमालेबाट हरिकृष्ण श्रेष्ठ सर्वसम्मत उम्मेदवार सिफारिस

Read Time = 3 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ ।
सोमबार सदरमुकाम बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकबाट निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नेकपा एमालेमा दुई कार्यकाल जिल्ला अध्यक्ष सहित लामो समयसम्म लाभको पदबाट टाढा रहनुभएका श्रेष्ठलाई जिल्ला कमिटी,प्रदेश कमिटीका सदस्य सहितको बैठकले आगामी निर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने निर्णय सहित सिफारिस गरेको नेकपा एमाले म्याग्दीले जनाएको छ ।
नेकपा एमालेमा प्रदेश सभा सदस्यका लागि आकांक्षीहरुको लर्को लागेको अवस्थामा प्रतिनिधि सभा सदस्यमा पनि केही आकांक्षी रहेको अनुमानलाई गलत सावित गर्दै एमालेले पहिलोपटक म्याग्दीमा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि केन्द्रमा सिफारिस गरेको हो ।
यस अघिको पहिलो संविधान सभा,दोस्रो संविधान सभा,प्रतिनिधि सभा सदस्यका उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको थियो । “सर्वसम्मत रुपमा छनोट गरिएको उम्मेदवारले म्याग्दी एमालेलाई एकताको सन्देश दिएको छ,अब चुनावी अभियान रफ्तारका साथ अघि बढ्छ” बैठकमा सहभागि एक नेताले बताए ।

एमालेले प्रदेश सभा र समानुपातिकका लागि भने नाम टुंगो लगाएको छैन । यता गठबन्धनको तयारीमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितका दललाई समेत एमालेको एकल उम्मेदवारीले दवाव पुगेको छ । उम्मेदवार छनोट सहित चुनावी अभियानमा निस्कने तयारीमा एमाले जुटेपनि नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठवन्धनको उम्मेदवारको नाम सिफारिस गरिएपनि कसले टिकट पाउँछ भन्ने निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?