कालीकोट । कालीकोटको महाबै गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगिता नसकिँदै शिल्ड वितरण गरिएको छ । मंगलबार प्रतिस्पर्धी विद्यालयहरूबीच झडप भएपछि गाउँपालिकाले प्रतियोगिताको पाँचौँ दिन बुधबार बिहान प्रतियोगिता सम्पन्न नहुँदै शिल्डलगायतका पुरस्कार वितरण गरेको हो ।
कालिका माविले आठ संवरण र त्रिवेणी माविले सात संवरण प्राप्त गरेको र रजततर्फ त्रिवेणी मावि कालिका माविभन्दा चार रजतले अगाडि रहेकोमा प्रतियोगिताका बाँकी खेल सम्पन्न नहुँदै शिल्ड वितरण गरिनु गाउँपालिका खेलकुद शाखाको कमजोरी रहेको स्थानीयको आरोप छ । प्रतिस्पर्धी विद्यालयले नतिजामा सहमति नजनाउँदै दौडतर्फका प्रायः सबै खेल र अन्य खेल पनि बाँकी छँदै नतिजा घोषणा गरिनु नहुने त्रिवेणी माविका खेलाडी तथा शिक्षकहरूको भनाइ छ ।
गाउँपालिका खेलकुद शाखाको मनोमानी निर्णयलाई पालिका पदाधिकारीहरूले समेत एकतर्फी साथ दिएको उनीहरूको आरोप छ । यसैबीच कालिका मावि पक्षधरले भने त्रिवेणी माविका खेलाडी, शिक्षक र अभिभावक अराजक शैलीमा प्रस्तुत भएको दोषारोपण गरेका छन् ।
के हो राष्ट्रपति रनिङ शिल्ड विवाद ?
गाउँपालिकाको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितास्थलमा मंगलबार झडप भएको थियो । त्रिवेणी मावि डिल्लीकोट र कालिका मावि गेलाका पक्षधरहरूबीच खेलकुद मैदानमा झडप भएको थियो । झडपमा दुवैतर्फ केही व्यक्तिहरू घाइतेसमेत भए भने झगडामा संलग्न भएको भन्दै केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो । प्रतियोगितालाई दुई दिनमै सक्ने उद्देश्यले उद्घाटन समारोहमा केवल एकजना प्रमुख अतिथिलाई मात्र वक्ता राखेर खेललाई प्राथमिकता दिए पनि चार दिनसम्म समेत रनिङ शिल्ड सम्पन्न हुन नसकेपछि भिडन्तमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
खेल मैदानमै दुई पक्षबीच भिडन्त भएपछि त्रिवेणी माविका शिक्षक, विद्यार्थी र दर्शकसमेतलाई दिनभर प्रहरी चौकी गेलाले आफ्नो कार्यालयमा राखेर सुरक्षा दिएको थियो । सदरमुकाम मान्मबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा फौज पुगेपछि स्थानीय नेता तथा जिम्मेवार जनप्रतिनिधि र बुद्धिजीवीहरूको पहलमा परिस्थिति शान्त भई त्रिवेणी माविको टोली प्रहरी स्कटिङमा रनिङ शिल्ड स्थलदेखि फिर्ता भएको थियो ।
सुरक्षाको दृष्टिकोणले अपायक पर्ने र खेल मैदानसमेत उचित नभएको स्थानमा राजनीतिक पूर्वाग्रहले रनिङ शिल्ड आयोजना गरिँदा खेलाडी विद्यार्थीहरूले केही खेल कालिका मावि र केही खेल स्रोत केन्द्र नजिकै निर्माणाधीन फिल्डमा खेल्नु र दुःख पाउनु परेको गुनासो छ ।
राष्ट्रपति रनिङ शिल्ड समाप्त नहुँदै गरिएको शिल्ड वितरण ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच