इन्टर मिलान कोपा इटालियाको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

युभेन्ट्सलाई पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति मिलानोमा भएको सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

सो खेलको पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

अब इन्टरले उपाधिका लागि फियोरेन्टिना र क्रेमोनेस मध्ये एक विजेतासँग खेल्नेछ । यि दुई टोली बिच आज राति प्रतिस्पर्धा हुदैँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?