उर्जा लागत र कर कटौती गर्ने ट्रसको बाचा

हिमालय टाइम्स
Read Time = 2 mins

लन्डन । बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले ऊर्जाको बढ्दो लागत र कर कटौती गर्ने वाचा गरेकी छिन् । टोरी नेतृत्वको प्रतिस्पर्धामा विजयी भएपछि उनले यस्तो बाचा गरेकी हुन् । पार्टी नेतृमा विजयी भएपछि ट्रसले अर्थतन्त्रको विकास गर्न र बेलायतलाई मन्दीबाट जोगाउन कर कटौतीको बाचा गरेकी हुन् ।

नयाँ प्रधानमन्त्रीले थ्याचरपछिकै खराब समयको सामना गर्नुपर्ने सन्डे टाइम्सले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको पृष्ठभूमिमा मुद्रास्फीति दोहोरो अंकमा बढेको र उर्जाको मूल्य आकाशिदा बेलायत जीवनयापनको खराब संकटबाट गुज्रिएको छ ।

यसै वर्षको अन्त्यमा बेलायत आर्थिक मन्दीतर्फ धकेलिँदै गर्दा ट्रसले कर कटौती गर्ने र आर्थिक वृद्धिलाई प्राथमिकता दिने बताएकी थिइन् । कर कसरी कटौती गर्ने भन्ने बारेमा एक महिनाभित्र पूर्ण योजना लिएर आउने र बेलायती अर्थतन्त्रलाई अगाडि बढाउने उनले बताएकी छिन् ।

ट्रस आज नै प्रधानमन्त्रीमा नियुक्त हुँदै छिन् । बोरिस जोनसनको बिदाइ सम्बोधनपछि बेलायती महारानीले बालमोरल क्यासलमा उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्ति गर्नेछिन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?