सिचुवान भूकम्पः मृत्यु हुनेको संख्या ६५ पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

छन्दु । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेकाे छ । भुकम्पमा एक सय ७० जना घाइते भएकाे स्थानीय अधिकारीहरूले बताएका छन् ।

गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन शहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको छ । गाञ्जीमा १२ जना हराइरहेकाे र ५६ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार सोमबार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो ।

राष्ट्रिय आपत्कालीन प्रतिकार्य तथा उद्धार कार्यालयबाट सहायताकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?