मुकेश र राममायालाई फाइभ के रनको उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुकेश पाल र राममाया बुढाले शनिबार युथ ओपन फाइभ के रनको उपाधि जित्नुभएको छ । त्रिभुवन आर्मी क्लबका मुकेश पुरुषतर्फ र नेपाल पुलिस क्लबकी राममाया महिलातर्फ च्याम्पियन बन्नुभएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मुकेशले निर्धारित दूरी १५ मिनेट २७.८ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभयो । पुरुषतर्फ दोस्रो हुनुभएका आर्मीका श्रीकाश राईले १६ मिनेट ०८.६ सेकेण्डको समय निकाल्नुभयो । आर्मीकै सुशीलकुमार शाही १६ मिनेट ०९.७ सेकेण्डको समयसहित तेस्रो हुनुभयो ।

पुलिसका नागेश्वर अहिर चौथो, एपिएफका सञ्जीव नेपाली पाँचौँ हुनुभयो । राजेन्द्र तामाङ छैटौंँ, शिव रायमाझी सातौँ, मिङमार सिंह तामाङ आठौँ, सन्दीप ढकाल नवौँ र अक्कल पाल दशौँ स्थानमा रहनुभयो ।

महिलातर्फ राममायाले १८ मिनेट ५३.२७ सेकेण्डको समय निकाल्दै उपाधि जित्नुभएको हो । आर्मीका पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट ५५.५० सेकेण्डको समयसहित दोस्रो हुनुभयो । एपिएफकी आशा रावतले १९ मिनेट ३९.३२ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो ।

यस्तै, सुमित्रा चौधरी चौथो, सुजना पाण्डे पाँचौँ, अस्मिता भुजेल छैटौँ, सुशन कार्की सातौँ, सोनु घतानी आठौँ, बबिता राई नवौँ र विमला तामाङ दशौँ स्थानमा रहनुभयो ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता महिला र पुरुष खेलाडीले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, दोस्रो हुनेले १० हजार, तेस्रोले पाँच हजार, चौथो र पाँचौँ हुनेले समान दुई हजार प्राप्त गर्नुभयो । छैटौँ देखि दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतियोगितामा तीन विभागीय टिमका खेलाडीसहित देशभरका ४८ जिल्लाबाट ३८६ जना खेलाडीले सहभागिता जनाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?