✍️ पुरुषोत्तम घिमिरे
गणेशमानका भेडा जनता कहिले बुद्धि आउला ? सधैँ नेताको जयजयकार गर्दै जीवन बित्ने भयो । यसले टिकट पायो बधाई, उसले टिकट पायो बधाई, यसले चुनाव जित्यो बधाई, उसले चुनाव जित्यो बधाई । एकपटक आफ्ना प्यारा नेतालाई सोधौँ ‘तिमीले निर्वाचन जितेर पाँच वर्षमा के गर्यौ ? यति पनि सोध्ने आँट र साहस छैन हामीमा । फेरि लुट्नलाई छुट दिन्छौँ । धन्य जनताको जयजय होस् । नेतालाई दोष दिनु बेकार छ ।
हामी जस्ता जनता भएको देशमा नेताले गर्ने यस्तै हो । लुट नेता लुट मौका यही हो । नेताले टिकट पायो चुनाव जित्यो हामी खुशी हुनुको कारण के ? हामीले बधाई दिनु नदिनुको अर्थ के ? सधैँ चाकडी चाप्लुसी केका लागि ? खोलौँ न आँख खोलौँ सधैँ निधाएको अभिनय कति गर्नु ? देशको अवस्था दिनानुदिन खस्कँदो छ । वैदेशिक ऋण भार ५३ हजार प्रतिव्यक्ति भइसक्योे अझ यो बढ्ने क्रममा छ । जागौँ सबै जागौँ युवा देशको मुहार फेर्नलाई ।
हामीले हाम्रा सन्ततिलाई हामीबाट टाढा राख्यौँ र उनीहरूबाट मायाको अपेक्षा राख्यौँ । हामी जतिका अलि-अलि जानेबुझेका अधिकांश व्यक्तिहरू पनि पार्टीको झोले बन्यौँ । हामी जस्ता पार्टीका अन्धभक्तकै कारण युवा पुस्ता विदेश पलायन भएको हो ।
एकपटक मौन भएर छातीमा हात राखेर आँखा बन्द गरेर लामो सास तानेर एकाग्रता भएर सोचौँ त । मैले के गरे ? हामीले के गर्यौँ ? के गर्नु पथ्र्यो ? सबै त नभनौँ ९५ प्रतिशत अहिलेका युवायुवतीलाई राजनीतिमा मतलब छैन । देशको अवस्था मतलब छैैन । वैदेशिक हस्तक्षेपको मतलब छैन । भोट कसलाई किन हाल्ने मतलब छैन । को प्रधानमन्त्री, को राष्ट्रपति मतलब छैन । गाउँघर, छरछिमेकी कोही चाहिँदैैन । कलेज गयो, स्कुल गयो, घर आयो मोबाइलमा व्यस्त भयो ।
आफ्ना साथी सर्कलबाहेक बल्लो घर पल्लो घरको मान्छे चिन्दैनन् । न कसैको जन्ती जान्छन् न कसैको मलामी । रिजर्भ छन् कोही चाहिँदैन । समाजमा बसेर सामाजिक बन्न सकेनन् । जसरी भए पनि प्लस टु पास गर्न र त्यसपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, युकेलगायत युरोपियन मुलुकतिर । यो सबको कारक तत्व हामी नै हौँ अघिल्लो पुस्ता, पछिल्लो पुस्ता, कोही होइन । यसप्रति सजग बन्न सकेनौँ अरूलाई दोष लगायौँ आफ्नो कतब्र्य बुझ्न सकेनौँ ।
हामीले हाम्रा सन्ततिलाई हामीबाट टाढा राख्यौँ र उनीहरूबाट मायाको अपेक्षा राख्यौँ । जसले जस्तो बाली लगाउँछ उसले उस्तै फल पाउने होइन ? रोप्दा कमसल बिउ रोप्ने फल राम्रो फलोस् भनेर कहाँ पाइन्छ ? हामी जतिका अलि अलि जानेबुझेका अधिकांश पार्टीको हली बन्यौँ । पार्टीले जे गर्यो नेताले जे गरे ठीक । हामी जस्ता पार्टीका अन्धभक्तकै कारण युवा पुस्ता विदेश पलायन भएका हुन् । विदेश पलाएन भएकाहरू उतै रमाएका छन् यहाँ आउने कुरै छैैन ।
न पढेर कुनै अवसर छ न रोजगारीको कुनै ग्यारेन्टी नेपालमा किन बस्नु युवा पुस्ताको भनाइ हो यो । यसप्रति कोही सजग हुन सकेनन् । मैले मेरो सन्ततिलाई विदेश किन लखेटेँ भनेर कोही सोच्दैनन् । गर्वका साथ भन्छन् मैले जे गरेँ ठीक गरेँ । युवाविना देशको अवस्था के होला ? देशको बागडोर कसले सम्हाल्ला ? कतै देश विदेशी क्रीडास्थल त बन्ने होइन ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच