कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट पुनः आन्दोलन सुरु हुने

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । आजदेखि कोशी प्रदेश नामाकरण बिरुद्ध पुनः आन्दोलन सुरु हुने भएको छ । आज झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखे पछि मुख्यतः किराँत र लिम्बुवान समुदायका मानिसहरू आक्रोशित हुँदै आएका छन् ।

यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिस्कार तथा उपस्थित भएर बिरोध गर्ने जनाईएको छ भने कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर रुपमा कोणसभा, संघर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेशभरी गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत भेला आयोजना गर्ने जनाईएको छ ।

यसैगरी ‘पहिचानका लागि युवा’ भन्ने अलग्गै संगठन बनाउने देखी कोशी प्रदेश स्तरिय आमसभा गरेर पहिलो चरणको आन्दोलन टुंग्याइने जनाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?