मान्छे मरेपछि यो लोकबाट पितृलोकसम्म कसरी जान्छ र फेरि कसरी यहाँ आउँछ भन्ने सम्बन्धमा सामवेदको तान्ड्यमहाब्राहृमण अन्तर्गतको छान्दोग्यउपनिषत्को पाँचौं प्रपाठको तेस्रा खण्डदेखि दशौं खण्डसम्म बडो रमइलो पारामा वर्णन गरिएको भेटिन्छ । यसमा मान्छे मरेपछिका गतिलाई तीन प्रकारको हुन्छ भनेर बताएको पाइन्छ । त्यसमध्य पहिलो हो अर्चिमार्ग, धूममार्ग र (जघन्यमार्ग) विनासमार्ग समेत गरी तीनवटा मार्गको व्याख्या भएको भेटिन्छ । पहिला दुईवटा मार्गलाई देवयान र पितृयान (मार्ग) भनिएको छ । पहिला नै आत्मनिरूपणका क्रममा मैले भनेको थिएँ शरीरबाट निक्लेर जाने देवचितिरूप क्षरपुरुषका कला हुन् जसमा प्राणात्मा, विज्ञानात्मा र महानात्मा सम्मिलित भएका हुन्छन् ।
दर्शनका भाषामा यो देवचितिलाई सूक्ष्म शरीरका नामबाट पनि सम्बोधन गरिन्छ । फलतः योगानन्द र पाइलट बाबा जस्ता योगीले स्थूल संसार तथा सूक्ष्मसंसारको पनि कुरा गरेका छन् । स्थुल शरीरलाई छाडेर सूक्ष्म शरीर लिएर मान्छे कहाँ कहाँ पुग्छ र के केसम्म गर्छ भन्ने कुराको विवरण योगानन्दले ‘योगानन्दजीवनचरितामृत’ भन्ने पुस्तकमा र पाइलट बाबाले ‘हिमालय कहरहा है’ भन्ने पुस्तकमा रोमाञ्चक कुराको वर्णन गरेका छन् । हामी जसलाई मुख्य या विभु आत्मा भन्छौँ त्यो सर्वव्यापक छ । त्यो काँही पनि जान आउन सक्दैन । त्यस्तै यो स्थूल शरीरको पनि वास्तवमा तीनवटा गति देखिन्छन् (कृमि, कीट र भस्म) भनेर हामी चिन्दछौँ ।
यदि कुनै मांसभोजीले त्यसलाई खायो या खाए भने त्यो विष्ठारूपमा परिणत भएर उसका उदरबाट निक्लन्छ । स्थूल शरीरलाई आगामा हालेर जलाइदिनासाथ त्यो खरानीका रूपमा रूपान्तरित हुन्छ, वैराग्य शास्त्रले पनि कृमि, कीट र भस्मको नाम लिन्छ । स्थूल शरीर आगामा जलाइएन, कुनै मांसभोजीले खाँदा पनि खाएन रहिरहृयो या खाल्डामा गाडियो भने त्यो कृमिका रूपमा परिणत हुन्छ । त्यो एउटा हजारौं हजार कीरामा रूपान्तरित हुन्छ । अब स्पष्ट भयो स्थूल शरीर काहिँ जाँदा पनि जाँदैन, आउँदा पनि आउँदैन र न त त्यो मुख्य या विभु आत्मा नै कतै जान्छ र आउँछ किनभने ‘व्यापकेषु नगति’ व्यापकमा त गति नै हुँदैन ।
अब त झनै स्पष्ट भयो कि यस दशामा शरीरबाट निक्लेर लोकान्तर या जन्मान्तरमा पुग्नेवाला त त्यही सूक्ष्म शरीर नै हो जसमा पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पाँच प्राण, मन र बुद्धि यी १७ वटा तत्व सम्मिलित भएका हुन्छन् । यिनैलाई आश्रय बनाएर रहेको चैतन्यको प्राणात्मा र प्रज्ञानात्माका नामबाट चिनिने (जसलाई क्षरपुरुषका कलामा मैले विशद् रूपबाट चिनाइसकेको छु ) । अब वैज्ञानिक दृष्टिले विचार गरी हेरौँ यो सूक्ष्मशरीर जान्छ काहाँ ? विज्ञानमा सजातीय आकर्षण नामक सिद्धान्तलाई मुख्य मानिन्छ ।
विज्ञानमा सजातीय आकर्षण नामक सिद्धान्तलाई मुख्य मानिन्छ । प्रत्येक पदार्थ आफ्नै सजातीय घनतिर स्वाभाविक रूपबाट आकर्षित भएर जान्छन् । व्यष्टि समष्टितिर जाने गर्दछ । जस्तो कि माटाको डल्लो या ढुंगो जतिसुकै माथि फाले पनि पृथ्वीमा नै झर्छ ।
प्रत्येक पदार्थ आफ्नै सजातीय घनतिर स्वाभाविक रूपबाट आकर्षित भएर जान्छन् । व्यष्टि समष्टितिर जाने गर्दछ । जस्तो कि माटाको डल्लो या ढुंगो जतिसुकै माथि फाले पनि पृथ्वीमा नै झर्छ । महाभारतमा चाहिँ एउटा हात्तीलाई समातेर भीमले माथितिर फालेका त्यो आजका दिनसम्म पनि तल झरेको या खसेको छैन भन्ने विश्वास गरिन्छ । अब ती सत्रवटा तत्वमा मन प्रधान छ र त्यो चन्द्रमाको अंश हो । “चन्द्रमामनसोजात” यसो भएको हुनाले चन्द्रका आकर्षणबाट तानिएर चन्द्रलोकमा नै पुग्ने भयो । त्यो ठाउँ नै दिव्यपितृको निवासस्थल पनि हो र मुख्य पितृलोक पनि त्यहीँ छ । यसो भएका कारणले स्वाभाविक रूपमा नै मृत पुरुष या नारीको गति पितृलोक नै हो भन्ने पनि वेदको भनाइ, आस्था र विश्वासका आधारमा सिद्ध भयो । यदि मनको प्रधानता नहुने हो भने र मृत शरीरको अन्य कुनै भाग नै प्रधान हुने हो भने फेरि त्यही प्रधान तत्वका अनुसारकै गति हुन्छ । मनको प्रधानता अनुसारको गति नहुने भयो नि ।
अब यो मनको प्रधानता पनि दुई तरिकाबाट दबिन्छ । जो तपस्वी, योगी या प्रबल उपासक हुन्छन् तिनले विज्ञानात्मा या बुद्धिशक्तिलाई प्रबलीकरण गरेर मनलाई दबाएका हुन्छन् । विज्ञानात्मा या बुद्धितत्व भनेको सूर्यको अंश मानिन्छ “चक्षोसूर्योअजायत” । अतः वैज्ञानिक प्रक्रियाअनुसार बुद्धि प्रधान भएका कारणले सूर्याकर्षण हुन्छ र तिनीहरू सूर्यमण्डलतिरै जान्छन् । सूर्यमण्डल देवप्राणको समष्टि पनि हो र स्वयं प्रकाशमान पनि छ । यसै कारणले यस मार्गलाई देवयानमार्गया अर्चिमार्ग पनि भनिन्छ । अब तेस्रो गति चाहिँ जघन्य र भयावह छ ।
यस पृथ्वीतलका पदार्थ, पशु, धनधान्य, पुत्रपुत्री, नस, नातागोता, पदप्रतिष्ठा, सत्ताशक्तिमा जसको मन अधिक फसेको हुन्छ त्यसका मनमा पार्थीव आवरण चढ्छ र जसरी तुम्बामा तरपर्ने (पानीमाथि उत्रने) शक्ति हुँदाहुँदै पनि त्यसमा माटो या कुनै भारी पदार्थ भरिदिने हो भने जलमाथि उत्रने शक्ति त्यसको दब्छ र पानीमा जसरी डुब्छ त्यसैगरी त्यो मान्छे पार्थीव वस्तुका प्रतिआकर्षण बढी भएका कारणले चन्द्रलोकतिर पनि जान सक्दैन अनि पार्थीव वस्तुका प्रतिको आकर्षण बढी भएका कारणले त्यसको प्रभाव सूक्ष्मशरीरमा पर्दछ र त्यो पृथ्वीमा नै पटक पटक अनेकौं नीच योनिमा जन्मन्छ । एक दिनमा अनन्त पटकसम्म जन्मने र मर्ने जीव पनि छन् ती सबै यसैभित्र पर्दछन् ।
कर्मकाण्डीले बली दिन लागेको बोकाका कानमा पशुजुनीबाट मुक्तिका निमित्त भनेर फुक्ने मन्त्रको आविष्कार यसै आधारमा गरेको देखिन्छ । यसैलाई वेदले “जायस्वम्रियस्व” भनेर बताएको छ यो चाहिँ तेस्रो गति हो । जन्मने मर्ने, मर्ने जन्मने, मर्ने, कामै यत्ति गरिरहन्छन् । यस प्रकारका जघन्यकर्मी मान्छेहरू मुक्त हुन सक्दैनन् । शंकराचार्यको “पुनरपिजननं पुनरपिमरणं, पुनरपि जननीजठरेशयनं, भजगोविन्दं भजगोविन्दं, गोविन्दंभजमूढमते” यस्तैलाई लक्ष्यित गरी भनिएको हो । यस गतिबाट उद्धार पाउन अति कठिन छ । वेद र यससँग सम्बद्ध शास्त्रले यसलाई अत्यन्तगर्हित मार्ग बताएका छन् । “जघन्यगुणवृत्तिस्थाअधो गच्छन्ति तामसाः” भनेर गीताले पनि बताएको छ ।
गर्हित कर्मको फलगर्हित हुन्छ । पुराणले पनि “अवश्यमेव भोक्तव्यं कृतं कर्मशुभाशुभम्” भनेर यस जीवनमा गरेका राम्रा नराम्रा जे जस्ता कर्म गरिएको छ तिनको भोग अनिवार्य रूपमा भोग्नै पर्छ भनेका छन् । यस गतिमा पुगेका जीवले आफैँ केही पनि गर्न सक्दैन प्रकृतिका कृपामा निर्भर हुनुपर्छ । प्रकृतिका चक्रमा घुमेर फेरि मानवजुनीमा आएपछि मात्रै जीव उद्धारको प्रक्रिया सुरु हुन्छ । श्रीमद्भागवतमा तपस्वी भरतको मृगका प्रतिका तृष्णाले जन्मजन्मान्तरपछि जडभरत बनेर मुक्ति पाएका कुरा यसै आधारमा आख्यानीकरण गरिएको देखिन्छ ।
विद्या या ज्ञानका वृद्धिले त्यो कर्मको बन्धन कमजोर भएर निवृत्त हुन थाल्छ र आत्मा शुद्ध बन्दछ त्यस बेला आत्माको निजी स्वरूप जो विद्या हो त्यो प्रबल हुन्छ र आत्माव्यापक बन्छ अनि आत्माको गतिको क्रम पनि समाप्तितिर लाग्छ ।
यसलाई वेदले “तं विद्याकर्माणि समन्वारभेते पूर्वप्रज्ञा च” अर्थात् विद्या, कर्म र पूर्वसंस्कार आत्मासँगै हिँड्छन् । शास्त्रमा बुद्धिका दुई प्रकारका भेद रहेका देखिन्छन् । सत्वप्रधान र तमप्रधान । सत्वप्रधान बुद्धिका चार रूप हुन्छन्-ज्ञान (विद्या) बुद्धि, ऐश्वर्य धर्म (वैराग्य) । यसैगरी तमप्रधान बुद्धिका पनि ठीक यसकै विपरीत चारै रूप हुन्छन्–अविद्या (अज्ञान) अवैराग्य (राग द्वेष) अनैश्वर्य (अस्मिता) म र मेरो भन्ने भावको आधिक्य र अधर्म (अभिनिवेश) वेदले विद्यालाई सात्विक र अविद्यालाई तम भन्छ । श्रुतिले अविद्यालाई नै कर्म पनि भनेको देखिन्छ किनभने आत्मलाई कर्ममा प्रवृत्त गराएका कारणले गर्दा त्यही अविद्याका चार रूप बनेका हुन्छन् र कारण रूप भएको हुनाले कर्म शब्दबाट नै यी सबै अभिहित हुन्छन् ।
यस गतिका कारण विद्या र धर्म यी दुवैमा अधिक सम्बन्ध रहेको हुन्छ । विशेषगरी यस आत्ममा जति धेरै कर्मको चाप बढ्छ त्यति नै आत्म चापका कारणले परतन्त्र भएर त्यसैका आधारमा जीवले नीच या उपल्लो गति प्राप्त गर्दछ । अतः विद्या या ज्ञानका वृद्धिले त्यो कर्मको बन्धन कमजोर भएर निवृत्त हुन थाल्छ र आत्मा शुद्ध बन्दछ त्यस बेला आत्माको निजी स्वरूप जो विद्या हो त्यो प्रबल हुन्छ र आत्माव्यापक बन्छ अनि आत्माको गतिको क्रम पनि समाप्तितिर लाग्छ । जबसम्म आत्मामा विद्या र कर्म यी दुवैको न्यूनाधिक समुच्चयताको दबाव रहन्छ त्यस बेलासम्म आत्मामा गति रहेको हुन्छ ।
जब अविद्याको अधिकताका कारण कर्म प्रबल रूपमा प्रवृत्त हुन्छ अनि ब्रहृमगति, स्वर्गगति, पितृगति या नर्कगति हुन्छ । यस अवस्थामा आत्माविद्या र कर्मयुक्तत हुन्छ । यदि यस प्राणीका अति नै साना तुच्छ कर्मको यति प्रबलता होस् कि जसबाट आत्मामा विद्याको अति न्यून आभास हुन्छ भने अथवा सर्वथानास भइसकेको होस् त यी दुवै अवस्थामा आत्मा अति नै तल्लो तहका जीवमा उत्पन्न हुन्छन् जसमा हाड हुँदैन-जस्तै दंश (डाँस) मशक (मच्छड) यूक (जुका) लिक्ष (लिखा) मत्कुण (उडुस् उपियाँ) र जसमा विद्याको अलिकति पनि आभास हुँदैन र कर्मका दबावमा आत्म दबिन्छ त्यस्तो आत्म चाहिँ वनस्पतिमा जान्छ ।
कतिपय एक पटक फलेर नास हुन्छन् (धान, गहुँ, मकै, कोदो, कागुनु आदि) । जसको वृक्ष दीर्घकालसम्म रहन्छ त्यस्ता आत्माको फल सकिन्छ वृक्ष रहन्छन् (आँप, ओखर, चिउरी, अम्बा, लिची, सपाटु, (कष्टकर) रुख कटहर आदि यी पनि जीवजुनी नै मानिन्छन् । यिनमा चेतन अति नै दबिएर (मूर्छित) अवस्थामा रहेको हुन्छ । यी दुवै प्रकारका जीव गतिहीन हुन्छन् । यिनले यहाँ जन्म लिन्छन् मर्छन् अदलीबदली भइरहन्छन् । यी पृथ्वीका नजिकमा रहेको चन्द्रमासम्म पनि जान सक्दैनन् ।
कतिपय अवस्थामा त अझै तल्लो लोकमा जान पनि सक्छन् । यदि यी गतिहीन जीवले पनि दैवयोगबाट बिस्तारै ठूला वृक्षबाट अस्थिहीन जीव या फूल आदिमा उत्पन्न भए भने लाखौंलाख वर्षमा कृमि, कीट बनेर उद्धारको मार्ग पनि दैवयोगले एकात्ले पाउन पनि सक्लान् । यसको अध्ययन सूक्ष्म किसिमले वेदमा भएको देखिएन ।
जहां आसा ताहा वासा।
औधी मन पर्यो
जानकारीमूलक लेख
we do expect such discourse in future also
A big congratulation