‘हिजो आजका कुरा’ को ट्रेलर सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । चलचित्र हिजो आजका कुराको ट्रेलर सार्वजनिक भएको छ । वरिष्ठ कलाकार सन्तोष पन्तको निर्माण रहेको यो चलचित्रको बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट ४५ सेकेण्डको ट्रेलरमा अमेरिका मोहले घर-परिवारमा पारेको असरलाई देखाइएको छ । ट्रेलर हेर्दा पारिवारिक कथा रुचाउने दर्शकलाई चलचित्रले आकर्षित गर्न सक्ने देखिन्छ । आगामी असोज २८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रलाई साकार पन्तले निर्देशन गर्नुभएको छ । साकार सन्तोषका छोरा हुनुहन्छ । चलचित्रले कुनै न कुनै रूपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनुपर्ने कथालाई उठाएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दिव्यदेव पन्तले पहिलाकै कथावस्तुलाई अहिलेको प्रविधि सुहाउँदो गरेर चलचित्रमा उतारिएको जानकारी गराउनुभयो । उहाँले आफ्नो लागि कला देखाउने माध्यम पनि यही चलचित्र बनेको भन्दै खुशी प्रकट गर्नुभयो ।

त्यस्तै, अभिनेत्री ऋचा शर्माले आफ्ना लागि यो चलचित्रमा स्थान पाउनु खुशीको कुरा भएको सुनाउनुभयो । उहाँले नेपाली सिनेमा चल्नका लागि बलियो कथावस्तुको आवश्यक पर्ने भन्दै रोएर चलचित्र चलाउने ट्रेण्डले सफल नबन्ने जिकिर गर्नुभयो ।

यस्तै, वरिष्ठ कलाकार सन्तोष पन्तले हरेक दिन घरमा भोगिरहेका कुरालाई चलचित्रमा उतारिएको सुनाउनुभयो । उहाँले यो चलचित्र सफल भए युवा पिढीहरू नेपालमै बस्ने दाबी गर्नुभयो । उहाँले चलचित्रमा समस्या मात्र नभइ समाधानलाई पनि देखाइएको जिकिर गर्नुभयो ।

यसैगरी निर्देशक साकार पन्तले दशैँको समयमा चलचित्र प्रदर्शनीमा ल्याउनुको कारण लामो समयपछि परिवारहरूको भेटघाट हुने भएकाले यसलाई नै पायक बनाएर प्रदर्शनी गर्न लागेको बताउनुभयो । अभिनेत्री रिमा विश्वकर्माले राम्रो चलचित्रमा अभिनय गर्ने रहर कलाकारहरूका लागि सधैँ रहने भन्दै धेरै कुरा सिक्नकाके लागि महत्वपूर्ण हुने विश्वासका साथ चलचित्र निर्माण गरेको बताउनुभयो ।

झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजोआजका कुरा’ लोकप्रिय टेलिसिरियल हो । सोही नाम सापटी लिएर अहिले चलचित्र निर्माण भएको हो । यसअघि चलचित्रको पहिलो सार्वजनिक गीत ‘ए जदौ मायाजदौ’ लोकप्रिय छ ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव, रिमा विश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गर्नुभएको छ ।

चलचित्रको वितरण विके फिल्मस् र एफडिले गर्दैछ । रवि सायमीको छायांकन रहेको चलचित्रलाई विनय कंसाकारले सम्पादन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?