लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ ।

नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।

प्लेजनका जान सिकोराले एक गोल गरे । जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २-० को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक/एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?