खेमप्रसाद दाहाल स्मृति ग्रन्थ प्रकाशित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हालै खेमप्रसाद दाहाल स्मृति ग्रन्थ प्रकाशित भएको छ । ‘सम्झनामा असल मान्छे’ शीर्षकमा प्रकाशित उक्त पुस्तक दाहालको स्मृतिमा विभिन्न व्यक्तिका उहाँसम्बन्धी लेख-रचना समेटेर प्रकाशित गरिएको छ ।

समारोहबीच नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीस्थित सिद्धिचरण सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि महालेखा परीक्षक टंकमणि शर्मा दंगालले कोरोना महामारीका कारण एउटा असल सहकर्मी गुमाएको स्मरण गर्नुभयो । कार्यक्रमको उद्घाटन तथा पुस्तक लोकार्पण सन्दर्भमा उहाँले आफ्नो धारणा राख्नुभएको हो ।

खेमप्रसाद दाहाल स्मृति प्रतिष्ठान तथा ओखलढुंगा कटुन्जे सरोकार समाज आयोजक रहेको कार्यक्रमको सभापतित्व खेमप्रसाद दाहाल प्रतिष्ठानका अध्यक्ष शिव दाहालले गर्नुभएको थियो भने स्वागत मन्तव्य खेमनाथ दाहाल स्मृति प्रतिष्ठानका सचिव नेत्रप्रसाद दाहालले गर्नुभएको थियो । खेमप्रसाद दाहालका विभिन्न आयाम प्रकाश पारेर प्रकाशित गरिएको पुस्तकको सार्वजनिकीकरण समारोहमा बोल्दै वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहालले मानिसले आपूmलाई असल मानिसका रूपमा अर्को पुस्तालाई हस्तान्तरण गर्न सक्नुपर्छ जो खेमप्रसाद दाहालले गर्न सक्नुभयो भन्नुभयो ।

लोकार्पित पुस्तकमाथि प्राज्ञ डा.देवी नेपाल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, संविधानसभाका सभासद रामहरि खतिवडा, प्रकाशन समितिका तर्फबाट शम्भुप्रसाद दाहाल तथा पुस्तकका सम्पादक प्रा.डा.भूपप्रसाद धमलाले पनि आफ्नो जिम्मेवारी पूरा गर्दाका अनुभवहरू बताउनुभएको थियो ।

यसैगरी ओखलढुंगा कटुन्जे सरोकार समाजका अध्यक्ष पेशलकुमार पराजुली, विमला सुवेदी, चेतनाथ घिमिरे, पूर्वसचिव गोपीनाथ मैनालीलगायतका व्यक्तिहरूले पनि खेमप्रसाद दाहालसम्बन्धी आआफ्ना धारणाहरू व्यक्त गर्नुभएको थियो । कार्यक्रममा देवीप्रसाद बरालले खेमप्रसाद दाहालको सम्झनामा कविता बाचन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?