संगीतकार दीपक शर्मा सम्मानित

Read Time = 3 mins

कामठाडौं । लोकप्रिय संगीतकार दीपक शर्मा सम्मानित हुनुभएको छ । उहाँलाई धौलागिरि सांस्कृतिक समितिले शनिबार काठमाडौंमा आयोजना गरेको ‘धौलागिरि संगीत उत्सव’मा सम्मान गरेको हो । समितिले शर्मालाई धौलागिरि युवा सम्मान’ले सम्मान गरेको थियो ।

उहाँलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, समितिका अध्यक्ष कृष्णसमीप सुवेदी, धौलागिरि समाज नेपालका अध्यक्ष केदारनाथ गौतम र समतिका सचिव सुजन बराइलीले सम्मान-पत्र, माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
समितिले सो अवसरमा धौलागिरिमा जन्मिएर राष्ट्रिय स्तरमा खेलकुद, पत्रकारिता, समाजसेवा र कला क्षेत्रमा रहेका विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

म्याग्दीको ‘कुँहु’ मा जन्मिनुभएका संगीतकार शर्माले नेपाली गीतसंगीतको फाँटमा सयौँ हिट गीत दिनुभएको छ । उहाँले संगीत गरेका प्रायः सबै गीत श्रोता/दर्शकले मन पराएको पाइन्छ । अहिले उहाँको संगीतमा रहेको ‘जदो माया...’ गीत सर्वाधिक मन पराइरहेको छ ।

एक हजारभन्दा बढी गीतमा संगीत दिइसक्नुभएका शर्माले दुई सयभन्दा बढी गीत लेख्नु पनि भएको छ । नयाँदेखि अहिले बजारमा नाम चलेका गायकगायिकाले शर्माको संगीतमा गीत गाइसकेका छन् ।

चलचित्रका गीतदेखि लिएर लोकपप गीतमा समेत व्यस्त रहनुभएका उहाँका ‘मलाई आफ्नो बनाएर दुःखी बन्छौ भने’, ‘जिन्दगीकै सवाल हुन्छ’, ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने’, ‘आँधीखोला उर्लिएर’, ‘हेर्ने मन छ तिमीलाई’ ‘पिरिम नलाउने’, ‘तिम्रा डोलाडोला हातमा मेहन्दी भरिछौ’, ‘तिम्रो पिक्चर हिट्’, ‘पर्ख पर्ख मायालु’, ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ जस्ता अनगिन्ती चर्चित गीतका संगीतकार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?