काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो चिन्ता प्रकट गर्नुभएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुशिवाय अरू नरहेको उल्लेख गर्नुभयो ।
उहाँले बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताउनुभयो । पूर्व–राष्ट्रपति यादवले भन्नुभयो, ‘बिपीले उहाँको बेलामा जति महाधिवेशनहरूमा बोल्नुभएको छ । त्यो महत्वपूर्ण छ । बिपीको जेल डायरी, बिपीको आत्मवृत्तान्त, बिपीले बोलेका राजनीति बारेका विषयहरू पढ्ने फुर्सद कांग्रेसीलाई छैन । सोझै कांग्रेस छिर्छन् ।’
पूर्व–राष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताउनुभयो । उहाँले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताउनुभयो । पूर्व-राष्ट्रपति यादवले भन्नुभयोे, ‘सुन्नुभएको होला तपार्इंहरूले समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बारेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके । जनताको बीचमा जान पनि अरू पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ । राम, राम, राम । कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ ।’
नेपाली कांग्रेसका पूर्व-महामन्त्री डा. शशांक कोइरालाले अचेलका धेरै डाक्टर पैसाको पछि लागेको गुनासो गर्नुभएको छ । काठमाडौंमा बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभएको हो ।
आफूले धेरै डाक्टरहरूलाई अध्यापन गराएको उल्लेख गर्दै उहाँले अहिले अप्रेसन गर्न लागेको बिरामीसँग पैसाको मोलमोलाई हुने गरेको बताउनुभयो । उहाँले आफूलाई पीडा हुँदा पनि अरूको सेवा गर्नु नै डाक्टरी पेसा भएकाले फलको आस नगरी सेवा गरेर अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच