श्रीमननारायण
आठ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आउँदा नेपाली संसद्लाई सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनको क्रममा उनले नेपाललाई हाइवेज, आइवेजर ट्रान्सवेज (हिट) मा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । राजमार्ग, प्रसारण लाइन र अन्तरसञ्जाल लाइनको क्षेत्रमा प्रगति गरिए कुनै पनि देशले आर्थिक प्रगति र समृद्धिको लक्ष्य पछ्याउन बढी प्रतीक्षा गर्नु पर्दैन ।
आफ्नो सम्बोधनका क्रममा उनले एउटा अर्को सुझाव दिएका थिए ‘अहिले भारतले नेपालको ऊर्जा आवश्यकतालाई पूरा गर्नेछ र नेपालले ऊर्जा क्षेत्रमा प्रगति गर्न थालेपछि भारतलाई निर्यात गर्नेछ, अर्थात् नेपालले भारतमा बिजुली बिक्री गरेर पैसा कमाउन सक्ने सुझाव दिएका थिए । मोदीको भ्रमण सकिएको विगत आठ वर्षमा नेपालले भारतसित विद्युत् व्यापार सम्झौता तथा विद्युत् प्रसारण सम्झौता गर्यो । आज यसको सकारात्मक परिणाम पनि देखा पर्न थालेका छन् र नेपालले सन २०१३ देखि २०२१ सम्म ८ वर्षमा झण्डै २ अर्बको बिजुलीमात्रै बिक्री गर्न सकेकोमा सन २०२२ को मध्यसम्ममा नै ३ अर्ब ८८ करोड ४० लाख रूपैयाँको बिजुली बिक्री गरिसकेको छ । नयाँ आकडामा यो ६ अर्ब नाघिसकेको छ ।
अत्यधिक मात्रामा विद्युत्को उत्पादन र ठाउँठाउँमा प्रसारण लाइनको निर्माण गरिएमा नेपालले एक्लो भारतमै बिजुलीको बिक्री गरेर पनि भारतसितको आकाशिँदो व्यापारघाटालाई कम गर्न सक्दछ । अब नेपालले विद्युत् आयातमा धेरै कमी ल्याएको छ जब कि विद्युत् निर्यातको आयतन निरन्तर रूपमा बढ्दैग एको छ ।
स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रूपैयाँबराबरको बिजुली खरिद गरेको थियो । त्यो रकम गत आर्थिक वर्षमा करिब आधाले घटेको छ । गत वर्ष आर्थिक वर्ष २०७८/०७९ सालमा बिजुली आयात ११ अर्ब ५९ करोड २० लाख रूपैयाँमा सिमित देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ४० लाख युनिट विद्युत् निर्यात भएकोमा गत आर्थिक वर्ष मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ ।
देशले आफ्नो आवश्यकता अनुसारको ऊर्जा नीति बनाउन थालेको छ । झोलामा लाइसेन्स बोकेर हिँड्नेहरू बल्ल चुप लाग्न थालेका छन् । तर, विकासको मामिलामा विरोध अथवा अवरोध गरेर हामीले आफ्नो खुट्टामा बञ्चरो हान्ने काम गरेका छौँ ।
यसरी एकातिर बिजुली आयात घटिरहेको छ जब कि निर्यात भन्ने बढिरहेको छ । नेपाल विधुत प्राविधिकरणको तथ्यांकलाई हेर्दा अहिले नेपालको कूल विद्युत् जडित क्षमता २२ सय मेगावाट बराबर छ । उक्त परिणाम बराबरको बिजुली उत्पादन गर्ने आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् । हालसम्मको विद्युत् पिक डिमाण्ड १२ हजार ७ सय ७४ मेगावाट बराबर छ । अर्थात् नेपालले बिजुली खपत गरेको हालसम्मको सबैभन्दा उच्चत्तम बिन्दु १७ सय २७ मेगावाट बराबर हो । वर्षायाममा हुने बिजुली उत्पादनको तुलनामा डिमाण्ड कम भएकोले निर्यात सम्भव भएको हो भने हिउँदमा भने नदीमा पानीको सतह घट्दा उत्पादन पनि कम हुन्छ ।
यसले गर्दा वर्षायाममा नेपालमा उत्पादित बिजुलीले आन्तरिक माग धानेर बेच्नसमेत थालेको छ भने हिउँदमा अहिले पनि उत्पादन घट्दै जाँदा आयात गर्नुपर्ने अवस्था छ, यद्धपि आन्तरिक उत्पादन बढ्दै जाँदा एकातिर बिजुली आयात घटेको छ भने अर्कोतिर निर्यात बढिरहेको छ, जसले नेपालको विद्युत् व्यापार घाटा घट्दै गएको छ ।
गत आर्थिक वर्षमा भारततर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक्तत भएका विद्युत् दैनिक रूपमा अधिकतम ३६५ मेगावाट भारतमै निर्यात भइरहेको छ । प्रसारण लाइन निर्माण नभएका कारण वर्षायाममा सयौं मेगावाट बिजुली खेर गइरहेको थियो तर प्रसारण लाइनको निर्माण भएबाट हामी भारतमा बिजुलीको निर्यात गर्न सकिरहेको छौं । तर, केही कथित राष्ट्रवादीहरूले त्यसको पनि विरोध गरिरहेका थिए । आखिर प्रसारण लाइनको निर्माण भएबाट नेपालले भारतलगायत अन्य देशमा पनि बिजुलीको निर्यात गरी अर्बौं रूपैयाँ कमाउँदा राष्ट्र कसरी कमजोर हुन सक्दथ्यो बुझ्न सकिएन ?
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक विद्युत् खपत २१.२८ प्रतिशतले वृद्धि हुँदासमेत २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात भएकोमा गत आर्थिक वर्षमा ४५.०५ प्रतिशतले घटेर २ अर्ब ५४ करोड ३० लाख युनिट भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा कूल २१ अर्ब ८२ करोड रूपैयाँको विद्युत् आयात भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा आयात घटेर ११ अर्ब ५८ करोड रूपैयाँ भएको छ । विद्युत् प्राधिकरणले गत जेठ १९ बाट इण्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मा बिजुली बेच्न अनुमति पाएको हो । यद्यपि नेपालले आइइएक्स बिजुली बेच्न अनुमति पाएको गत कात्तिकमा हो ।
गत वर्ष नेपालको त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो । यस वर्ष भने ती दुई आयोजनासहित मस्र्याङ्दी कालिगण्डकी र लिखुसमेत गरी कूल ३ सय ६४ मेगावाट बिजुली निर्यात् भइरहेको छ । लिखु निजी क्षेत्रबाट प्रबद्र्धित आयोजना हो । आइइएक्सभन्दा बाहिर भारतको विहार राज्यलाई पनि नेपालले बिजुली निर्यात् गरिरहेको छ । प्राकृतिक सम्पदाले धनी देश नेपालले अहिलेसम्म समुचित विकास गर्न नसकेको मुख्य कारण यहाँका राजनीतिक दलका नेताहरूमा देखिएको विकासप्रतिको नकारात्मक धारणा नै हो । विगत केही दशक अघिसम्म त भारत र अमेरिकाको नाम सुन्नेबित्तिकै त्यसमा अनर्थमात्रै हर्ने राजनीतिक र बुद्धिजीवी जमात पनि देशमा कम थिएनन् ।
विसं २०५० सालमा अरुण जलविद्युत् परियोजनाको विकासको कुरा गर्दा देशको राष्ट्रियता गुम्ने भने नारा लगाएका एमालेको नेता र सांसदहरूसहित देशका वामपन्थीहरूले त्यसलाई कार्यान्वयन हुन दिएनन् । माओवादी सत्तामा आएपछि पनि यही अवस्था थियो । देशले १९ घण्टासम्म दैनिक लोडसेडिङ सहनुपरेपछि बल्ल तिनको घैंटोमा घाम लाग्यो र विस्तार–विस्तारै वैदिशिक लगानी खोज्ने मानसिकता विकसित हुन थाल्यो । त्यसमा पनि एउटा खास छिमेकीले मात्रै लगानी गरे हुन्थ्यो कि भन्ने मानसिकता बोकेका दलहरूले कहिल्यै दलीय र वैचारिक सोचको परिधिभन्दा बाहिर आउन सकेनन् ।
देशले आफ्नो आवश्यकता अनुसारको ऊर्जा नीति बनाउन थालेको छ । झोलामा लाइसेन्स बोकेर हिँडनेहरू बल्ल चुप लाग्न थालेका छन् । तर, विकासको मामिलामा विरोध अथवा अवरोध गरेर हामीले आफ्नो खुट्टामा बञ्चरो हान्ने काम गरेका छौँ । जसरी अरब राष्ट्रहरू आफ्नो प्राकृतिक सम्पदा तेलको बिक्री गरी धन कुबेर भएका छन् त्यसरी नै हामी पनि आफ्नो जलस्रोतको सदुपयोग गरेर आफ्नो देशलाई समृद्ध र सम्पनन् बनाउन सक्दछौँ । प्रारम्भिक संकेत उत्साहबद्र्धक छन्’ । नेपालले आफ्नो ऊर्जा नीतिमा परिवर्तन ल्याएपछि सकारात्मक परिणाम देखापरेका छन् र देश लाभान्वित पनि भइरहेको छ ।
जलस्रोतमा केवल बिजुलीमात्रै आउँदैन यसमा सिँचाइ, खानेपानी र नदी नियन्त्रण जस्ता विषय पनि आउँछन् । किसानहरूले सिँचाइको समस्या भोगिरहेको अवस्था छ । किनकि सिँचाइको अभावमा चाहेर पनि अपेक्षित अन्न उत्पादन गर्न सकिरहेका छैनन् । सरकारले नहरहरूको अभावमा वैकल्पिक सिँचाइको व्यवस्थाका लागि अर्बौं रूपैयाँ खर्च गरिरहेको छ जबकि हामीसित उपलब्ध जलस्रोतको सदुपयोगबाट सिँचाइ समस्याको सजिलै समाधान हुन सक्नेछ, बिजुलीको सदुपयोगबाट सिँचाइ झन् सस्तो पर्नेछ । अब त यातायातको क्षेत्रमा समेत बिजुली उल्लेखनीय भूमिकाको निर्वाह गरिरहेको छ । बिजुली त अहिलेको युगको निम्ति प्राणवायु नै हो । नेपालले भारतमा बिजुली निर्यात गरेर आफ्नो आर्थिक अवस्थामा पनि सुधार ल्याउने निश्चित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच