प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । दुई शिर्ष नेता आज चितवन आउँने हुनुभएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओली आज चितवन आउन लाग्नुभएको हो ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लाग्नुभएको हो । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुनुहुने छ ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लाग्नुभएको हो । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ।

यस्तै एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न चितवन आउन लाग्नुभएको हो । बादलकी आमाको निधन भएको आज छ दिन पुगेको छ ।

भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित बादल निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिनुभयो । ओलीको कुनै औपचारीक कार्यक्रम नरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?