एनटिनमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन, उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन भन्ने नारासहित नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन) को ११औं महाधिवेशन विराटनगरमा सम्पन्न भएको छ ।

महाधिवेशनले मोहनप्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली, उपाध्यक्षहरू राजकिशोर चौधरी, चण्डिका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणिकुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुंगाना, सचिवहरू वचन ढुंगेल, दीपक चौलागार्इं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सहकोषाध्यक्षमा नरेशप्रसाद पटेल चयन हुनुभएको छ ।

सदस्यमा महेन्द्रप्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बिसी, शालिकराम आचार्य, हरिबहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, रामप्रसाद भट्ट, हरिकृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रिता अधिकारी, सिर्जना सापकोटा, नीलकमल बुर्जा, रामबाबु सिंह, कान्छाराम महर्जन, प्रेमप्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिङ्माङ, श्रीकृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्तिप्रसाद भण्डारी र रमेश पाठक रहेको संघका महासचिव मणिकुमार पोखरेलले जानकारी दिनुभएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको उपस्थिति रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?