बैतडीका विद्यार्थी आन्दोलित

हिमालय टाइम्स
Read Time = 2 mins

डम्बर बोहरा/हिटा
बैतडी । बैतडीमा विद्यार्थीमाथि कुटपिट गर्ने युवकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । जिल्ला सदरमुकाम नजिकै रहेको दशरथचन्द नगरपालिका-५ को दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीहरू आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा उत्रिएका हुन् ।

शनिबार नेपाली सेनाले विद्यार्थीलाई दिँदै आएको एनसिसी तालिमका क्रममा भलिबल खेलिरहेका विद्यार्थीले होहल्ला गरेको भन्दै अन्दाजी २५ वर्षीय सुदीप चन्दले कक्षा ९ मा अध्ययनरत प्रेम चन्दमाथि कुटपिट गर्नुभएको थियो । सोही घटनालाई लिएर विद्यार्थी आन्दोलित बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

प्रेम चन्दको घाँटी र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ । ‘विद्यार्थीमाथि शनिबार कुटपिट भएको रहेछ, आइतबार जानकारीमा आएको छ, घटनाबारे अनुसन्धान हुँदै छ,’ उहाँले भन्नुभयो । भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथि पनि सो क्रममा अभद्र व्यवहार भएको एक शिक्षकले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?