भोजपुरी भाषाको उत्थान गर्ने प्रमुख जिम्मेवारी भोजपुरी भाषीकै

हिमालय टाइम्स
Read Time = 3 mins

सञ्जीवकुमार मिश्रा/हिटा
बारा । भोजपुरी भाषाको उत्थान गर्ने प्रमुख जिम्मेवारी भोजपुरी भाषीकै काँधमा रहेको भोजपुरी/हिन्दी भाषाका वरिष्ठ साहित्यकार भारत रक्सौलका डा. हरिन्द्र हिमकरले बारावासीलाई स्मरण गराउनुभएको छ । नेपाल भोजपुरी प्रतिष्ठान बाराद्वारा कलैयामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै डा. हिमकरले भारतको युपी/बिहार र नेपालको तराईका जिल्लावासीसँग भोजपुरी भाषाले नै बेटीरोटीको सम्बन्ध जोडिएको बताउनुभयो ।

दुई देशबीचको मित्रतालाई प्रगाढ बनाउन भोजपुरी भाषा र तराईवासीले महत्वपूर्ण भूमिका खेलेको डा. हिमकरको भनाइ थियो । सोही कार्यक्रमका भोजपुरी भाषाविद् डा. गोपाल ठाकुरले जुन देशको स्थानीय भाषा पछाडि पर्छ त्यस देशको भाषा र समाजको अस्तित्व नै मेटिने बताउनुभयो । ‘यदि स्थानीय भाषालाई अगाडि बढाइएन भने राष्ट्रिय भाषा पनि लोप हुने खतरा हुन्छ,’ उहाँले भन्नुभयो । आफ्नो मातृभाषाका लागि सबै लाग्नुपर्नेछ । आ–आफ्ना पालिकाहरूमा सबैले बोलचालको मात्र होइन काम गर्ने भाषा पनि भोजपुरी राख्नुपर्ने उहाँले बताउनुभयो ।

मिठो र सरल रहेको भोजपुरी भाषालाई भोजपुरी फिल्मी कलाकारले अश्लिल शब्द प्रयोग गरी बदनाम गराएको उहाँले आरोप लगाउनुभयो । नयाँ भोजपुरी फिल्मी गीत, संगीत, एल्बममा अश्लिल शब्द प्रयोग गर्ने क्रम बढेसँगै भोजपुरी भाषा बदनाम हुन थालेको भाषाविद् ठाकुरको भनाइ थियो ।

सोही अवसरमा कलैया उपमहानगरपालिकाकी उपमेयर रोशन प्रविणले भोजपुरी भाषाको उत्थानका निम्ति कलैया उपमहानगरपालिकाले नगरभित्रका विद्यालयहरूमा पाठ्यपुस्तक वितरण गरी कक्षा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?