नेपाल र मलेसिया भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ ।

मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ ।

आइसीसी महिला टि-ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक छ । मंगलवार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?