सवारी दुर्घटनामा एकैपरिवारका दुईजनाको मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर निवासी २९ वर्षीय श्रवण कुमार महतो र पछाडी बस्ने उनका भतिजा १२ वर्षीय विक्रम कुमार महतो रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो । आज (विहिबार) बिहान सबा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई प्र. २–०३–००१ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गको कालिञ्जोर खोलाको पूलदेखि केही पश्चिम ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक श्रवण एवं पछाडी सबार विक्रमको घटनास्थलमै मृत्यु भएको हो । मृतकद्वयको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रनाउ कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले मोटरसाईकलले ओभरटेक गर्ने क्रममा आफै चक्कामा परेको बताएपनि विस्तृतमा अनुसन्धान भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?