न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको थ्रेसहोल्डको नजिक ल्याउने जनाएको छ ।
‘हामी अहिले युक्रेनमा कोभिड-१९ संक्रमणका घटनामा वृद्धि देखिरहेका छौँ । अक्टोबरको सुरुमा संक्रमण शिखरमा पुग्न सक्छ र अस्पतालहरूले आफ्नो क्षमताको थ्रेसहोल्डमा पुग्न सक्ने हामीले प्रक्षेपण गर्छौं’, तेल अवीवमा डब्लूएचओको युरोपका लागि क्षेत्रीय समितिको सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने ।
युक्रेनमा रुसी सेनाको अवरोधतर्फ संकेत गर्दै महानिर्देशक गेब्रेयससले भने, ‘अक्सिजनको अभाव हुने अनुमान गरिएको छ किनभने प्रमुख आपूर्ति स्रोतहरू देशको ओगटेको भागहरूमा छन् ।’
कोभिड-१९ र गर्भावस्था, प्रसव, चोटपटक र आघातका जटिलताहरूबाट उत्पन्न हुने अन्य गम्भीर रोगहरू भएका बिरामीहरूका लागि अक्सिजन आवश्यक छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच