साफ यू-१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल आज हुने भएको छ ।

नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएको थियो ।

प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो ।

आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि भारतविरुद्धको खेलमा नेपाललाई सहज नहुने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?