महासंघ अध्यक्ष ढकालद्वारा पदभार ग्रहण, मेलमिलाप केन्द्र स्थापनाको निर्णय

Read Time = 5 mins

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार महासंघको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले महासंघमा मेलमिलाप केन्द्र स्थापनाको घोषणा गर्नुभएको छ । उहाँले निजी क्षेत्रको मनोबल बढाउन लागिपर्ने र साना तथा ठूला व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष ढकालले भन्नुभयो, ‘निजी क्षेत्रलाई पहिलादेखि नै राम्रो दृष्टिकोणले हेर्ने गरिएको छैन । अहिले विस्तारै परिवर्तन भइरहेको छ । तर, पर्याप्त छैन । यसका लागि म काम गर्छु ।’

पदवहाली गर्दै अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानका रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोहीअनुसार आफू र टिमले काम गर्ने बताउनुुभयो ।

सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको र जसले महासंघ साना-ठूला सबैको साझा संस्था भएको प्रमाणित गरेको ढकालले बताउनुभयो ।

आइतबार पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले मेलमिलाप केन्द्र स्थापनाको निर्णय गर्नुभएको छ । साथै उहाँले निजी क्षेत्रको मनोबल बढाउन लागिपर्ने र साना तथा ठूला व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पदवहालीपछि सचिवालय कर्मचारीलाई सम्बोधन गर्दै आफ्नो कार्यकाल सफल पार्न सचिवालयका कर्मचारीको महŒवपूर्ण भूमिका हुने हुँंदा सोहीअनुसारको सहयोगको अपेक्षा राखेको बताउनुभयो । निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यसाथ हिँड्न सकेमात्र महासंघले उचाइ लिने हुँदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिबद्धतासाथ सहयोग गर्न आग्रहसमेत उहाँले गर्नुभयो । कर्मचारीको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधालगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘मैले यसअघि पनि तपाईंहरूबाट निरन्तर सहयोग पाउँंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोहीअनुसारले पाउने अपेक्षा गरेको छुु । मेरो सफलता तपाईंहरूको पनि सफलता भएकाले तपाईंहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’
निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पदभार हस्तान्तरण गर्दै नयाँ इनर्जेटिक टिमसँग आफू सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघको नेतृत्व यस्तो व्यक्तिले गरिराख्नुभएको छ, जो हिजोका दिनमा भुइँबाट उठेर नेपालको सबैभन्दा ठूलो व्यवसायी बन्नुभएको छ । उहाँले उद्योगी व्यवसायीको समस्या के हो भनेर राम्ररी बुझ्नुभएको छ ।’

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नयाँ अध्यक्षलगायतको टिमले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । निवर्तमान अध्यक्ष गोल्छाले भन्नुभयो, ‘खासगरी अहिले असाध्यै चुनौतीपूर्ण समय छ । उहाँको नेतृत्वले कसरी जिम्मेवार बनेर यस्ता समस्या गर्न सकिन्छ भन्ने सहयोग गर्नुहुनेछ, हामी आर्थिक चपेटामा छौँ । मन्दी छ । यस्तो बेला उद्योगी व्यवसायीको मनोबल एकदमै कमजोर रहेको छ । तरलता समस्या र बढ्दो ब्याजदरले समस्या निम्त्याएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?