मक्काबी हैफामाथि पिएसजीको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पिएसजीले इजरायली क्लब मक्काबी हैफालाई पराजित गरेको छ । युएइएफ च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ३९१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा मक्काबी हैफाले शुरुवाती गोल गरेपनि पिएसजीले कम ब्याक गर्दै खेल जितेको थियो ।

पिएसजीको जितमा लियोनेल मेसी, किलियन एम्बाप्पे र नेइमारले एक एक गोल गरेका थिए । त्यस्तै मक्काबीका लागि जारोन चेरीले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीले लगतार दोस्रो जित हासिल गर्दै २ खेलमा ६ अंक हासिल गरेको छ । समूह एचमा पिएसजी शिर्ष स्थानमा रहेको छ । त्यस्तै बेनिफिकाको ए खेलमा ६ अंक रहेको छ । त्यस्तै यस समूहमा रहेको युभेन्टसले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?