आइएमई पेसँग डिजिटल दशैंतिहार

Read Time = 2 mins

काठमाडौं । आइएमई पेले पहिलोपटक आइएमई पे डिजिटल दशैंतिहार-२०७९ अफर सार्वजनिक गरेको छ । अफर कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।

अनलाइन सपिङ दराजसँगको सहकार्यमा सार्वजनिक गरेको अफरमा आइएमई पेमार्फत् अफर अवधिभर कुनै पनि भुक्तानी गर्दा दैनिक सामसुङ स्मार्टफोन, गोल्डस्टार जुत्ता तथा डिसहोमको दुई सय एमबिपिएसको एकवर्षे फाइबरनेटका अतिरिक्त आइटिभी प्याकेज, दराजको हजारौं भाउचर कोडदेखि एक भाग्यशालीलाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजनालाई बम्परमा राफ्ट मोटर्सको वारिअर इ-स्कुटर पनि उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।

अफर अवधिभर आइएमई पेबाट क्युआर भुक्तानी गर्ने पाँच भाग्यशालीले सामसुङ स्मार्टवाच चार थान, मोबाइल रिचार्ज गर्ने एक भाग्यशालीले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाई टिकट काट्ने दुई भाग्यशालीले एक तोला २४ क्यारेट सुन, आइएमई पेमा बैंकको खाता लिंक गर्ने दुई भाग्यशालीले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन प्लस र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने दुई भाग्यशालीले सामसुङ स्मार्ट टिभी ५५ इन्च प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?