सुनको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला १०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख नौ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?