पर्यटकिय मुर्मा गाउँका स्थानिय अझै विद्युत्‌काे पहुँच भन्दा बाहिर

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यस्थल रारा नजिकै रहेको मुर्मा गाउँका स्थानीयहरू विद्युतको पहुँच भन्दा बाहिर रहेका छन् ।
अहिले सम्म पर्यटकिय गाउँमा विद्युत बिस्तार हुन नसकेपछि मुर्मागाउँका स्थानिय विद्युत पहुँच भन्दा बाहिर रहेको हुन् ।

स्वर्गकि अप्सरा उपमाले परिचित रारा तालको शिरानमा सदिउँ देखि बसोबास गर्दै आएका मुर्मागाउँका ८५ घरपरिवारले अहिलेसम्म विद्युतको उज्यालो देख्न पाएका छैनन् । आफुहरूलगायत रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू रातीको समयमा अँध्यारैमा बस्नु पर्ने बाध्यता रहेको स्थानिय बासिन्दाहरु दुखेसाे व्यक्त गर्छन ।

सदरमुकाम गमगढी बजार वरपरका बस्तीहरु बिजुली बत्तीले झिलिमिली देखिने गरेको भएपनि पर्यटकिय मुर्मागाउँ भने रातिको समयमा चकमग्न अन्धकारले छोपिँदै आएको छ ।

गमगढीबाट करिव १ घन्टा दक्षिण दिशामा करिब डेढ दशक अघि निर्माण भएको ४ सय किलोवाट विद्युत उत्पादन क्षमता रहेको गमगाढ साना जलविद्युत आयोजना छ भने गत भदौमा राष्टिय प्रसारण लाइनसमेत मुगु पुगिसकेको छ ।

अहिलेसम्म पर्यटकिय गाउँ मुर्मा, रारालगायत सोरू, खतेड र कार्मारोङमा विद्युत लाइन बिस्तारको काम अघि नबढ्दा स्थानीय जनताहरूको बिजुली बत्ती बाल्ने धोको अधुरै रहेको छ ।

अर्कोतर्फ जिल्ला सदरमुकाममा राष्ट्रिय विद्युत प्रशारणलाई लाइन पुगे पनि रारा मुर्माबासीलाई भने विद्युत प्रतिक्षा गर्दै दिन बित्न थालेको छ ।

'गाउँमा बत्ती छैन, हुनेका घरमा सोलार बत्ती जोडिएका छन् नहुनेले अहिले पनि सल्लोको दियालो बालेर जेनतेन समस्या टारेका छन्,' मुर्मा गाउँका बृषबहादुर रोकायाले दुखेसो पोख्दै भन्नूभयो 'सरकारले हामीलाई बत्तीको सुबिधा दिन सकेको छैन ।' मुर्मा गाउँका स्थानीयले गमगाढ जलविद्युत छायाँनाथ रारा नगरपालिका र रारा राष्ट्रिय निकुञ्ज समक्ष विद्युत उत्पादनको लागि बारम्बार आग्रह गर्दै आएका छन् । 'पर्यटकीय गाउँ भनेर सबै हेर्न यहाँ आउँछन मुर्मा गाउँमा भने बत्ती छैन, रोकायाले भन्नुभयाे 'हाम्रो बसोबास अँध्यारोमा छ। निकुञ्जले गर्दा सल्लोको दियालो पनि पाउन मुश्किल छ । गरिबीले गर्दा सौर्यपाता किन्ने क्षमता छैन ।'

चार वर्ष अघि गमगाढ साना जलविद्युत आयोजनाबाट रारा मुर्मा गाउँमा विद्युत लैजान लाइन बिस्तार गर्न रारा निर्माण सेवाले ठेक्का पाए पनि उक्त कम्पनीको लापरबाहीले गर्दा काम अलपत्र परेको छ ।

ताल्च, पिना, झयारी, लामाचौर, माथितुम गाउँसम्म विद्युतको पहुच पुगेको भएपनि मुर्मा गाउँमा नपुग्दा स्थानीय निराश छन् ।

यो आर्थिक बर्षमै रारा मुर्मा गाउँमा विद्युत पुर्‍याउन लक्ष्य रहेको र ठेक्का मार्फत् काम शुरु भैसकेकाले छिटै मुर्मा गाउमा विद्युत पुर्याउने गमगाढ वितरण केन्द्रका प्रमुख साजनबहादुर ऐडीले बताउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
Energy-Clips 2080 Chaitra – Independent Power Producers' Association, Nepal
2024-04-07 9:53 am

रिलेटेड न्युज

छुटाउनुभयो कि ?