नवलपरासी । पश्चिम नवलपरासीमा नजिकिदै गरेको बडादशैँ दिपावली चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । चाडपर्वको बेलामा व्यापारीहरुले उपभोक्तालाई ठग्ने र कालो बजारी गर्ने भन्दै चाडपर्व लक्षित बजार अनुगमन गरिएको हो । बजार अनुगमन उपसमिति नवलपरासीले जिल्लाको रामग्राम नगरपालिका, सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाको रहेको पसलहरुमा बजार अनुगमन गरिएको बजार अनुगमन उपसमिति संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
रामग्राम नगरपालिकाको वडा नं. १७ सरावल गाउँपालिकाको केही वडामा रहेको पसल तथा पाल्हीनन्दन गाउँपालिकाको वडानं. ३ रहेका पसलहरुमा अनुगमन गरिएको उद्योग अधिकृत पौडेलले बताउनु भयो ।
रेष्टुरेण्ट, किराना पसल, क्लिनिक औषधी पसल मिष्ठान भण्डार समिल उद्योगहरुको अनुगमन गरिएको पौडेलले जानकारी दिनु भयो । उहाँकाे अनुसार बजार अनुगमनको अधिकांश पसलहरु कुनै पनि निकायमा दर्ता नगरी संचालन र मुल्यसुची नराखेको पाइएको छ ।
बिना दर्ता गरी संचालन गर्ने संचालकहरुलाई पसल दर्ता गरी संचालन गर्न र अनिवार्य मुल्यसुची उपभोक्ताहरुले स्पष्ट रुपले देख्ने राख्न निर्देशन दिईएको पौडेलले जानकारी दिनुभयाे । अनुगमनको क्रममा मिष्ठान्न भण्डारहरुको किचनमा सरसफाई नदेखिएको र सरसफाई गरी संचालन गर्न निर्देशन दिईएको पौडेलले बताउनु भयो ।
केही पसलहरुमा अखाद्य बस्तु भेटिएकोले नियन्त्रण लिई नष्ट गरिएको अनुगमन समितिले जनाएको छ । जिल्लाको रामग्राम नगरपालिका, सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकाको रहेको पसलहरु गरी १६ वटा पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका मनोज चौधरीले जानकारी दिनुभयो ।
अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मंचका जिल्ला सचिव मोहन पौडेल, गोबरहीया प्रहरी चौकी प्रमुख सई हरि क्षेत्री, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच