बाबुरामद्वारा महानगर प्रमुख बालेनको प्रसंशा(दिए यस्तो सुझाव)

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ को कार्यशैलीप्रति प्रशंसा गर्नुभएको छ ।

उहाँले महानगरलाई व्यवस्थित गर्ने, मृतप्राय बनेका नदीलाई पुनर्जीवन दिने जस्ता कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराई लेख्नुहुन्छ, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ । तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँरसमय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’

उहाँले फुटपाथ व्यवसायीलाई हटाउनु मात्र समस्याको समाधान नभएको भन्दै उनीहरूलाई व्यवस्थित गर्नका लागि निश्चित ठाउँ र समय तोक्न पनि सुझाव दिनुभएको छ ।

 

https://twitter.com/brb1954/status/1570587499529113601

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?