काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स १७औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा देशैभर रहेका सम्पूर्ण शाखामा केक काटेर हर्षोल्लासका साथ १६औँ वार्षिकोत्सव मनाएको छ । सूर्या लाइफ र छोटो अवधिमा सेवा प्रदान गरी आफूलाई एक सबल कम्पनीका रूपमा प्रस्तुत गरेको ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पुुस ७ गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो ।
कम्पनीले नवीनतम प्रविधिमैत्री तथा समयसापेक्ष उत्कृष्ट सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको उपचार खर्च दिँदै आएको छ ।
कम्पनीका अनुसार आइएसओ ९००१ः२०१५ प्राप्त सूर्याजोतिको चुक्ता पुँजी चार सय ५४ करोड, जीवन बिमाकोष तीन हजार दुई सय करोड, कुल लगानी तीन हजार सात सय ५० करोड रुपैयाँ रहेको छ भने नेटवर्थ सात सय ५६ करोड रुपैयाँ रहेको छ । कम्पनीले हाल १७८ शाखामार्फत् सेवा प्रदान गर्दै २८ लाख बिमालेख जारी गरिसकेको छ भने कम्पनीमा आबद्ध प्रशिक्षित अभिकर्ताको संख्या ९६ हजार रहेको छ ।
कम्पनीले यसअघि नै आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागिसमेत गरी २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच