चट्याङ मास्टरको चट्याङ गीताको छैटौं मालाको ताला !

Read Time = 19 mins

‘साहित्यका अरू विधाजस्तै हास्यव्यङ्ग्य पनि विचारमा होइन कलामा टल्कन्छ, कलामै चिरायुु हुुन्छ । एकथरी ठान्लान् हास्यव्यङ्ग्य भनेको अरूलाई उडाएर हाँस्ने हँसाउने कला हो, तर त्यो उडाउने अरू व्यक्तिमा सीमित रहृयो भने त्यस व्यङ्ग्यले हास्यको होइन वैमनस्यताको सिर्जना गर्दछ । त्यसैले व्यङ्ग्य व्यक्तिको होइन, व्यक्तिभित्र अडमिल्दा, बिप्ल्याँटा र बिग्याहा प्रवृत्तिमाथि हुनुुपर्दछ’ ।

चट्याङ मास्टर उर्फ कृष्णमुरारि गौतम चट्याङगीताका सर्जक कृतिकार !
नेपाली हास्यव्यङ्ग्यका शिरोमणि भैरव अर्याल अझ हास्यव्यङ्ग्यमा चिन्तन पक्षलाई जोड दिँदै भन्छन् : हास्यव्यङ्ग्यमा चिन्तन पक्ष हुँदैन भन्नुु संस्कृत पढेकाले दुनियाँ बुुझ्दैनन् भनेजस्तो थोत्रो र संकीर्ण विचार हो । यिनै मूूल्यमान्यतासित अनुुसरित हुँदै चालीसको दशकपछि नेपाली हास्यव्यङ्ग्य धारामा गीत, प्यारोडी, कविता, निबन्ध रूपक विधामा कलम चलाउने र रंगमञ्चीय प्रस्तुतिमा पनि सशक्त अभिनय प्रस्तुति गर्ने प्रतिभाका उज्याला मानव हुन् कृष्णमुरारि गौतम उर्फ ‘वज्रपाणि चट्याङ मास्टर’ !

वक्रोक्तिका निधि, चामत्कारिक लेखनका गिदी, कृष्ण मुरारि विसंगति विकृतिलाई कंश र मुुर नामक दैत्य ठम्याउँछन् । वर्तमान पुस्ताका व्यङ्ग्य लेखकहरूका लागि व्यासाचार्य नै ठहरिएका यिनी सर्जकहरूलाई हुुटहुटी उत्साह र परेमा सहयोगी हातहरू फिँजाउन पनि तयार हुने धर्म निर्वाह गर्दछन् ।

भूतको भिनाजुु, व्यङ्ग्य साहित्यका साक्षात् भैरवअवतारका भैरव अर्याल र पिँडाली बाजस्ता नेपाली हास्यव्यङ्ग्य विधाका दिग्गजको सान्निध्य पाएर चट्याङ मास्टरले आफ्नो तपस्यामा उचाइ लिनपुुगे । उनैद्वारा लिखित चट्याङगीताको छैटौं मालाको ताला खोल्न यो आरन थाप्ने धृष्टता गरेको छुु । दुुई सय पृष्टमा एक सय दश कविताका मुुठालाई कसिलो भारी हालेर राजनीतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक, वैधानिक, काव्यिक, धार्मिक, जनस्वास्थ्य, प्रेम र यावत् पक्षहरूका कुुरूपतामाथि विनोदात्मक शैलीमार्फत चट्याङले यो गीतामा आफ्नो तीर तातो झिर बनाएर रोप्दै पड्किएका छन् । पार्टी वा दलतन्त्रको निकम्मापनमा वज्रपाणि इन्द्रको बज्रलाई पनि फिका पार्दै यसरी गर्जिन्छन् । ‘उद्योग नखोल्, पार्टी खोल्’ नेपालका उद्योगी र राजनीतिक दलबीचको वैसम्यतालाई यो एक टुक्राले कसरी उभ्याएको छ हेरौं :
तँ कर्तव्यका कुरा गर्लास्, ऊ अधिकारको कुरा गर्छ ।
तँ काम सिकाउलास्, ऊ सिद्धान्त सिकाउँछ
तँ अनुशासन खोज्लास्, ऊ त्यसमा दमन र दासत्व भेट्छ
तँ व्यक्ति व्यवस्थाका कुरा गर्लास्, ऊ राज्यव्यवस्थाका कुरा गर्छ ।
ए बाबुु, घुस र करको चेपमा परेर मर्लास् है,
उद्योग नखोल्, पार्टी खोल्’ ।
यसरी दलहरूमा आएको नैतिक विचलन र कमाउवादमा लिप्त दुुर्वृत्तिमाथि सरल, सरस तथा सटिक ढंगले शब्दलहरलाई क्षेप्यास्त्रमा रूपान्तर गर्दै उद्योगी योजना बुनेका उत्साही मुटुमा आक्रमण भएको नांगो तथ्यलाई छताछुल्ल पारिदिएका छन् । त्यस्तै अर्को ‘बूढाबूूढी हराए’ भन्ने हास्य गीताले ब्युुटी पार्लर र कस्मेटिक बजारलाई मीठो प्रहार गरी हँसिमजाकको व्यङ्ग्यवहार पस्किएका यी हरफ कति घतिला, रसिला र गतिला छन् त !
न कपाल कसैको फुल्छ, न दाँतै कसैको झर्छ
न फुलो परेका आँखा न चाउरी देखा पर्छ
न तालुुखुुइले कोही छ, सब ठीक छ लिपी पोती
फेसन अझ अचम्मै ! कुन भाले कुन हो पोथी ??
यसै क्रममा ‘जसको भक्ति उसको शक्ति’ मा चट्याङको वक्र- गीता नेताको मुखैमा पर्ने गरी विरेचन गरेर भुुँडीको सिरीखुरी जिम्मा लगाउँदै भक्ति पोख्छ :
ईश्वरभन्दा नेता के कम ? चलायमान प्रत्यक्ष झन्
ईश्वरले नसक्ने काम नेताले गर्न सक्दछन्
हृदयस्थ भए ईश्वर नेता झन् शीर्षस्थ छन्
कम्तीमा एक फुटमाथि नेता सशक्त छन् ।
यसै गरी ‘नाता र नेता, शीर्षस्थ रौँ, हन्तकाली बाँदर, सक्षम प्रधानमन्त्री, शक्तिशाली नेता, देश गन्हाउने जाँडका घ्याँँम्पाहरू, नेता आतङ्क’ जस्ता कविता वर्तमान अगुवाका दैनिकी र आचरणमा व्यङ्ग्यको अमोघ अस्त्र हानेर पाठकलाई विनोदी शैलीमा तिरीमिरीझ्याइँमा रन्थनाइदिएका छन् । टिभी, रेडियो, छापा र जनमानसमा नेताको कोकोहोले आतङ्कले एकसय दस डिग्रीमाथिको भयकारी ज्वरो बूढा, भुरा, रोगी र लेखकलाई निकालेको त्रासदी साक्षात् कृष्णमुरारि यसरी प्रकट गर्दछन् :
बूूढो राति सुत्न डराउँछ, सपनामा त्यही नेता आउँछ ।
बालक स्कूूल जान डराउँछ, स्कुलमा त्यही नेता आउँछ ।
रोगी डाक्टर भेट्न डराउँछ, अस्पतालमा नेता आउँछ ।
लेखक साँचो लेख्न डराउँछ, नेता उसलाई झोला बोकाउँछ ।
भानुुभक्तको भोलिवादलाई अनुशरण गरेको घुसको झोलीहात, दमदमी मच्चाउने भ्रष्ट कर्मचारीतन्त्रमा चट्याङ् यसरी पड्किन्छन् ‘क्रिया र प्रतिक्रियामा’ :
‘सरकारी अड्डाबाट काम लिन दस कर्म गराउनै पर्‍यो
क्रियाकै किरिया गरेरै भए पनि प्रक्रिया त पुुर्‍याउनै पर्‍यो
दरखास्त, दर्ता, चलानी, टिप्पणी, तोक, आदेश
मंगल चरणका यी षट्क्रिया त गराउनै पर्‍यो
सेवाग्राहीको खल्तीमा जे जति छ, त्यो पनि त तर्‍याउनै पर्‍यो
टिकस टाँस्नै पर्छ, छाप, नथ्थी हुनै पर्‍यो
सरकारी अड्डाबाट काम लिन यी दस कर्म त पुुर्‍याउनै पर्‍यो’ ।।
यसरी संघीय लोकतान्त्रिक गणतन्त्रको निकम्मा खोल ओडेको प्रशासनलाई कृतिकार मास्टरले वाणीको छडीले सोठ्याएर शौचालय जानैपर्ने बनाएका छन् । विभिन्न दलका ट्रेडयुनियनका भारवाहक कुकर्मचारीगण नांगेझार भएका छन् चट्याङगीताका बहर लहर-लहरमा । यसै सन्दर्भमा अर्को नारीपीडित पौरुष चीत्कार कसरी सुनाएका छन् हेरौं त ‘पञ्चमरूपा पत्नी नारी’ जोई शासित पोइहरूका आर्तनादलाई कति मीठो व्यङ्ग्य चड्कन :
पञ्चम रूपा पत्नी स्वरूपा, सुरुमा रूपा पछि कुुरूपा
जीवन बन्धन गाँठो पारी, टेन्सनदायी लुतो स्वरूपा
म बास्सा ऊ एक्का, म खाले ऊ च्याँखे पक्का
म मुद्दा ऊ वकिल स्वरूपा, म ड्राइभर ऊ ट्राफिक ढोका ।
डाडुपन्युु दुुई हातमा धारी, मुखमा भाला खुँडा तयारी
कसरी भन्यो कृष्ण ‘राधा पियारी’ पलपल पत्नी आपत्कारी
कृष्णकुमारै राधा कुमारी, अनि पो राधा सधैं ‘पियारी’
न म कुमार अब, न ऊ कुमारी, न म प्यारा न ऊ ‘पियारी’ ।
चट्याङको गीताका हरफहरू सबैभित्र बारुद छ, पाठकहरूले पटटट पढेर पड्काउँदा एक अनौठो सुवासको आस्वाद भेट्टाउँछ । उनले कनीकनी सिर्जित भएका अर्थात् कब्जियत परेका निकम्मा सहित्यलाई यसरी निशाना लगाएका छन् । आफू साहित्यकार हूँ भन्ने अहं भुलेर साहित्यकारको पगरी गुुथेका अकविहरूका मुुद्दा हराएका सिर्जनालाई निकम्मा ठम्याई ‘झुर साहित्य’ शीर्षकमा यसरी गर्जन्छन् चट्याङ :
‘न नर हत्याको वीभत्स चित्रण गर्नुुहुुन्छ ।
न लुटपाट आतङ्कको वर्णन गर्नुहुन्छ
न बलात्कृत बालिकाको चीत्कार लेख्नुहुन्छ
न सिंगो देश र जनताको धिक्कार लेख्नुुहुुन्छ
तपाईं किन त्यस्तो झुर साहित्य लेख्नुुहुुन्छ’ ??
नेपालमा सबै दलका राजनीतिकर्मी सत्ताधारीमात्र भएका र प्रतिपक्षी बिस्तारै हराउन गएको अभिनव वर्तमानलाई थर्कमान बनाउन व्यङ्ग्यकारलाई रचनात्मक प्रतिपक्षीको कित्तामा ओर्लन आहृवान गर्दै चट्याङ काव्यगोलाको विस्फोटन गराउन पुुगेका छन् :
प्रतिपक्ष खोज्न कतातिर जाऊँ ? कतै नजाऊँ यतातिरै आऊँ
प्रतिपक्षको भूमिका व्यङ्ग्यकारको नाउँ ।
उनीहरू सत्ताधारी, हामी कलमधारी
उनका चिल्ला गाडी, हाम्रा छुस्स दाह्री
कुुर्सीमा उनीहरू चार खुट्टे, हामी जहिले पनि दुुई खुुट्टे
उनीहरू हाम्रो नोट हेर्ने, हामी उनीहरूको खोट हेर्ने ।
त्यसै गरी भ्रष्टाचारका काण्डै काण्डले प्रकाण्ड शण्ड बन्न पुुगेका दुर्नामीहरूमा ‘भ्रष्टाचारकी जननी पानी’ भन्ने चट्याङ गीताले बंगारा खुस्काउने गरी रन्न पार्दै शब्दबाँण सोझ्याएको छ :
दूधभन्दा महँगो यो राजधानीको पानी
माग्नी चोर्नी झैझगडा गर्न सक्नी खानी
धारो जोड्नी, पालो छोड्नी खोजी घुसै खानी
प्रोजेक्ट ल्याउने अर्काथरि ठेक्कापट्टा खानी ।
धाराबाट जे जे झर्छ, त्यै त हो नि पानी
परिभाषा नौलो लाग्नी राजधानीको पानी
मिसिएको ढल पक्का जानी-जानी
झोलचौटा छुुट्याउन छान्नुुपर्ने पानी ।।
यसै सन्दर्भमा कृष्णमुरारिका अन्य कविताहरूमा ‘आजको मुख्य समाचार, भोट दिउँ गधालाई, खाली बोतल पुराना कागज, उता कृष्ण यता राधे राधे !, भाग नेपाली भाग, यति पुराना नेता भए, बूूढाको इभिनिङ वाक’ जस्ता काव्य गुलेलीले वर्तमान भ्रष्ट, रुष्ट, क्रुुद्ध, कामी र दामी मनस्थितिका खलनायक खलनायिकाहरूलाई भरपुर सोझ्याएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको निकम्मा खोल ओडेको प्रशासनलाई कृतिकार मास्टरले वाणीको छडीले सोठ्याएर शौचालय जानैपर्ने बनाएका छन् । विभिन्न दलका ट्रेडयुनियनका भारवाहक कुकर्मचारीगण नांगेझार भएका छन् चट्याङगीताका बहर लहर-लहरमा ।

त्यसैले त उनी पुुस्तकको अग्रभागमा आफ्नो मन्तव्य लेख्ने क्रममा यसरी बोलेका छन् : ‘आदि कविले यो सबै देख्दै देखेनन् । महाकविले यो सबै भेट्दै भेटेनन् । राष्ट्रकविले यसरी लेख्दै लेखेनन् । कस्तो पुर्पुुरो रहेछ यो मेरो ! ती सप्पै पुर्खाले नाघेर गएको यो थुप्रो मैले नै सोहोर्नुु प¥या छ । मलाई कम्ती गाह्रो प¥या छ ! भूतका भिनाजुु र नवग्रहहरू पनि अस्ताइसकेछन् । भैरवले त्यत्रो अक्षर नचाउनु नचाए तर यो चैँ नाच नाच्न मलाई नै छोडेर गएछन् । केशवराज पिँडालीले त पिण्ड लडाइसकेछन् । पाँडे छन् तर साँढे छन्, यो ब्याउने जिम्मेदारी चैँ मैले नै लिनुुप¥या छ । त्यसमाथि ती सबै अग्रजप्रति अनुुगृहित हुँदै सतत नमन पनि मैले नै टक्रयाउनुुपर्‍या छ, मलाई कम्ती गाह्रो छ’ !
आमा भीमकुमारी गौतम र बुुबा नारायणप्रसादको छोराको रूपमा २०१० सालमा भक्तपुरको झौखेल गाविस वडा नं. ४ हालको चाँगुनारायण नगरपालिका उनले आँखा खोलेको जमिन हो । यिनी बहुमुखी प्रतिभाका धनी तथा विविध विषयका विज्ञका रूपमा चिनिन्छन् । सिस्नुुपानी नेपालका संस्थापक अध्यक्ष, अभिनव प्रयोग र प्रभावशाली क्रियाकलापमार्फत जीवनलाई ढाल्न रुचाउने स्वभाव, स्पष्टवक्ता र सिर्जनाकर्मीलाई हृदयतः स्नेह, सम्मान र आत्मीयतामा निथ्रुुक्क बनाउने खुुबी छ चट्याङगीताका गीतकारसित ।

कृषिविज्ञानका स्नातक यिनी संयुक्तराज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट वैकल्पिक ऊर्जामा डिप्लोमा, युुनिभर्सिटी अफ न्युइङ्ल्याण्डबाट अर्थशास्त्रमा स्नातकोत्तर, जैविक इन्धनमा चीनबाट डिप्लोमा, फिलिपिन्सको मनिला विश्वविद्यालयबाट सिँचाई व्यवस्थापनमा डिप्लोमा, कृषि तथा पशुुविज्ञान अध्ययन संस्थानमा केही वर्ष प्राध्यापन गरेर आफ्नो विषयगत योग्यता मजाले प्रदर्शन गरिसकेका छन् । त्यसैगरी कृषि आयोजना सेवाकेन्द्रका कृषिविशेषज्ञ, पुनः त्यही संस्थामा वरिष्ठ विशेषज्ञ हुँदै देशको सेवामा तल्लीन रहे ।
सन् २००४ देखि हालसम्म ‘प्रोजेक्ट रिसर्च एण्ड कन्सल्टिङ सर्भिसेजको संस्थापक सदस्य छन् । २०३५ देखि नै सिर्जना संसारमा नाचेका चट्याङ देशान्तर साप्ताहिक, हिमाल खबर पत्रिका, सगरमाथा रेडियो, कान्तिपुुर टेलिभिजनमा ‘गुुडमर्णिङ काठमाडौं’ का प्रस्तोता २०६८ देखि हालसम्म बुुढ्यौली साहित्यको नव प्रवर्तन र प्रवर्धनमा उच्च सक्रिय, ज्येष्ठ नागरिकको प्रमुख पैरवीकर्ताको रूपमा राष्ट्रअन्तर्राष्ट्र क्षेत्रमा विख्याति आर्जन गर्न सफल भएका छन् । सन् २०२० मा सं.रा. संघबाट उनले गरेका सुकर्मका लागि बीस हजार डलरको अन्तर्राष्ट्रिय पुुरस्कारबाट पुुरस्कृत भई नेपालको नामलाई अग्लाइमा पुुर्‍याए ।

वक्रोक्तिका निधि, चामत्कारिक लेखनका गिदी, कृष्ण मुरारि विसंगति विकृतिलाई कंश र मुुर नामक दैत्य ठम्याउँछन् । वर्तमान पुस्ताका व्यङ्ग्य लेखकहरूका लागि व्यासाचार्य नै ठहरिएका यिनी सर्जकहरूलाई हुुटहुटी उत्साह र परेमा सहयोगी हातहरू फिँजाउन पनि तयार हुने धर्म निर्वाह गर्दछन् । सहज, सरल भएर पनि गम्भीर, सामाजिक धरातलबाटै कथावस्तु उठाएर सुुबोध प्रतीक तथा बिम्बमा डुुक्रिने पड्किने र छड्किने चट्याङ नेपाली व्यङ्ग्य सहित्यका प्रवाहमान् गङ्गोत्री नै हुन् । समाप्तम् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?